०७ चैत २०८२

प्रदेश

वडा कार्यालय जलाएको भन्दै किटानी जाहेरी

डोटी, १६ साउनजिल्लाको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ । आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजात, फर्निचर, भवन सबै सखाप भएको भन्दै वडाध्यक्ष नरबहादुर बलायरले कुँवरविरुद्ध किटानी जाहेरी दिनुभएको हो ।...बाँकी अंश →


इलुङ झरनामा पूर्वाधार निर्माण शुरु

दमौली, १६ साउन  व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माणको काम शुरु भएको छ । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीमा रहेको झरनामा पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणको काम शुरु भएको हो । नगरपालिकाको रु पाँच लाखको बजेटमा एक हप्तादेखि झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माणको काम...बाँकी अंश →


दुर्घटनामा दुईको मृत्यु

हेटौँडा, १६ साउन   मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । हेटौँडाको बसामाडीमा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार सौरभ सुवेदी तथा अस्मित सुनारको मृत्यु भएको हो । बुधबार साँझ भएको दुर्घटनामा परी घाइते भएका दुवैको उपचारको क्रममा बुधबार राति नै ज्यान गएको मकवानपुर प्रहरीले...बाँकी अंश →


विकास निर्माण गर्न केही कुराले छेक्दैन ः पूर्वप्रधानमन्त्री खनाल

इलाम, १५ साउन   ,,  पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताउनुभएको छ । आज यहाँस्थित सूर्योदय नगरपालिकामा ‘२०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उहाँले भन्नुभयो, “मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब...बाँकी अंश →


मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान

विराटनगर, १५ साउन  ,,  प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन–२०७५ लाई प्रदेशसभामा पेश गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको प्रदेश सरकारका...बाँकी अंश →


कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण

भद्रपुर, १५ साउन  ,,  झापाको दमकमा आज राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ । दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन भवनतर्फ जाने सडक किनारमा स्थापना गरिएको पौड्यालको अर्धकदको सालिकको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अनावरण गर्नुभएको हो । दमकमा यसअघि...बाँकी अंश →


‘संसद् खुलाउन सक्दो प्रयास गरिरहेका छौँ’ ः नेता नेम्वाङ

काठमाडौँ, १५ साउन   ,,  सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ । साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर नयाँबानेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले...बाँकी अंश →


प्रधानमन्त्रीसँग मन्त्रीहरुद्वारा कार्यान्वयन सम्झौता, भ्रष्टाचार अन्त्य गर्न सूत्र नै बनाऊँ : प्रम ओली

काठमाडौँ, १५ साउन   ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सो आह्वान गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो,...बाँकी अंश →


वडा–वडामै अपाङ्गता परिचयपत्र वितरण

दमौली, १५ साउन  ,,  तनहुँको शुक्लागण्डकी नगरपालिकाले पहिलो पटक वडाबाटै अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । उक्त परिचयपत्र वितरण गर्ने अधिकार स्थानीय तहमा आएपछि नगरपालिकाले प्रत्येक वडावडामै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ । नगरपालिकाको वडा नं ३, ११ र १२ का १२६ लाई तथा वडा नं ३ मा...बाँकी अंश →


बाँके निकुञ्जमा बाघको सङ्ख्या २१ पुग्यो

धम्बोझी, १५ साउन  ,,  यस आर्थिक वर्षमा २०७६÷७७ मा बाँके राष्ट्रि«य निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५...बाँकी अंश →


भौतिक पूर्वाधार मन्त्रालयको प्रगति ७७ प्रतिशत

धनगढी, १५ साउन  ,,  सुदुरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा रु सात अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । यो मन्त्रालयअन्तर्गत विनियोजित कूल बजेटको ७७ प्रतिशत रहेको हो । गत आर्थिक वर्षमा सो मन्त्रालयका लागि रु १० अर्ब चार करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो...बाँकी अंश →


मानव बेचबिखन : मुद्दा चलाउनै समस्या

वीरेन्द्रनगर, १५ साउन   ,,  मानव बेचबिखनका मुद्दा चलाउनै समस्या हुने गरेको मानवअधिकारकर्मीहरुले बताएका छन् । बेचबिखनमा संलग्न दलालहरुले नयाँ शैली अपनाउन थालेपछि मुद्दा चलाउन समस्या भएको उनीहरुको भनाइ छ । अन्तरर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसर पारेर न्यायमा पहुँच कार्यक्रमको आर्थिक सहयोगमा आवाज र सुन्दर नेपाल संस्थाले वीरेन्द्रनगरमा आयोजना गरेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter