शुक्रबार, १६ चैत २०८०

कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण

१५ श्रावण २०७६, बुधबार १५:५४ मा प्रकाशित

भद्रपुर, १५ साउन  ,,  झापाको दमकमा आज राष्ट्रिय विभूति कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक अनावरण गरिएको छ । दमक–६ र ७ को सङ्गमस्थलमा पर्ने पौड्याल वंशोद्वार केन्द्रीय समितिको निर्माणाधीन भवनतर्फ जाने सडक किनारमा स्थापना गरिएको पौड्यालको अर्धकदको सालिकको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अनावरण गर्नुभएको हो । दमकमा यसअघि नै महागुरु फाल्गुनन्द, शङ्खधर साख्वा, भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका विभूतिहरुको सालिक स्थापना भइसकेको प्रमुख ओलीले बताउनुभयो । उहाँले राष्ट्रिय विभूतिहरुको सम्मानस्वरुप सालिक निर्माण गरिएको बताउनुभयो । पौड्याल वंशोद्वार केन्द्रीय समितिका पूर्वअध्यक्षसमेत रहनुभएका दमक नगरपालिका– ७ का वडाध्यक्ष भीम पौडेलको सक्रियतामा रु ६ लाखको लागतमा सालिक निर्माण गरिएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter