०६ चैत २०८२

प्रदेश

रामपुरमा व्यावसायिक फूलखेती

बेझाड, १२ भदौ  पाल्पाको रामपुरमा पहिलोपटक व्यावसायिक फूलखेती शुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ देविस्थान बस्ने युवा दिलबहादुर थापाले व्यावसायिक तवरले फूलखेती गर्नुभएको हो । दशैँ तिहार जस्ता चाडपर्वलाई मध्यनजर राख्दै थापाले एक महीनाअघिदेखि फूलखेती शुरु गर्नुभएको छ । उहाँको नर्सरीमा मखमली र सयपत्री जातका करीब चार...बाँकी अंश →


नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब

बाजुरा, १२ भदौ  संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५÷७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित...बाँकी अंश →


विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ ः मुख्यमन्त्री भट्ट

डोटी, १२ भदौ  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी पढाउनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गर्नुभएको छ । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको शहीद स्मृति आवासी विद्यालय राजपुरको आज अनुगमन गर्नुहुँदै मुख्यमन्त्री भट्टले विद्यार्थी पढाउनमा कुनै हेलचक्रयाइँ नगर्न शिक्षकहरुलाई निर्देशनसमेत दिनुभएको छ । निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले पढाइमा लापरवाही...बाँकी अंश →


लागुऔषधसहित एक महिला र दुई पुरुष पक्राउ

पर्सा, १२ भदौ   जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपालिका वडा नं १ निवासी तारादेवी पासवान र भारत बिहारको मोतिहारी निवासी धर्मेन्द्र...बाँकी अंश →


काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, १२ भदौ    नेपाली काङ्ग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता...बाँकी अंश →


गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाँदै

चितवन, १२ भदौ  अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ । कार्यालय प्रमुख शुवप्रसाद रिजालका अनुसार भदौ ९ गते कूल रकमको २५ प्रतिशत रकम रु २१...बाँकी अंश →


गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने

काठमाडौँ, १२ भदौ  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल अस्पताल सङ्घीय सरकार मातहतमा ल्याउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा सो प्रतिष्ठान स्थापना...बाँकी अंश →


पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

भद्रपुर, १२ भदौ  झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन् । हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका हुन् । उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सफल...बाँकी अंश →


लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लहान, १२ भदौ  प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो । स५प ५०९४ नंको मोटरसाइकलमा सवार पासवान र...बाँकी अंश →


पहिरोपीडितलाई आर्थिक सहयोग

दोलखा, १२ भदौ  जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया, जापान र दुबईमा रहेका दोलखाली युवाहरुले पहिरोपीडितका लागि आर्थिक सहयोग गरेका हुन् । दोलखा समाज जापानका महासचिव रोशन थापाको अगुवाइमा सङ्कलन भएको रु एक लाख, अष्ट्रेलियामा रहेका जिल्लाका युवा...बाँकी अंश →


विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

बझाङ, १२ भदौ  छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ । छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भन्नुभयो, “महीनावारी भएका कारणले स्कूल...बाँकी अंश →


साप्सुखोला २ नम्बर पुल उद्घाटन

खोटाङ, १२ भदौ जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हरित सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल बुधबार औपचारिक उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिमको सिमानामा पर्ने साप्सुखोला २ नम्बर पुल प्रदेशसभा सदस्य रामकुमार राईले उद्घाटन गर्नुभएको हो । दिक्तेल–खोटाङबजार सडकखण्डअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter