शुक्रबार, २१ बैशाख २०८१

पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

१२ भाद्र २०७६, बिहीबार ११:५६ मा प्रकाशित

भद्रपुर, १२ भदौ  झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन् । हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेका हुन् । उनले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को लक्ष्यलाई सफल पार्ने सन्देशसहितको पाथीभारा देवीको दर्शन गर्न पैदलयात्रा शुरु गरेको बताए । एक साताभित्रमा हिँडेरै देवीको दर्शन गर्न पुग्ने लक्ष्य लिएका ओलीले गत वर्ष पनि पैदलयात्राद्वारा नै देवीको दर्शन गरेको बताए । उनले गत वर्ष विर्तामोडबाट पाथीभरासम्म पुग्न सात दिन र फर्कन छ दिनको लागेको बताए । उनलाई जिल्ला ट्राफिक कार्यालय विर्तामोडको कार्यालयबाट शुभकामनासहित स्थानीयले बिदाइ गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter