०८ असार २०८३

प्रदेश

सुडान घोटालाका दोषी भारती पक्राउ

काठमाडौँ, १३ भदौ  नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ । विशेष अदालतले सुडान घोटला काण्डमा विसं २०७४ वैशाख १७ गते दोषी ठहर गरेको भारतीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज बिहान ललितपुरको भैँसेपाटीबाट पक्राउ...बाँकी अंश →


विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ, १३ भदौ  फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली...बाँकी अंश →


समितिका दुई प्रतिवेदन पेश

काठमाडौँ, १३ भदौ  राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश भएका हुन् । विधायन व्यवस्थापन समितिमा दफावार छलफलपश्चात समितिका सभापति परशुराम मेघी गुरुङले सभामा...बाँकी अंश →


सुदूरपश्चिम प्रदेशमा खेल संरचना बन्दै

भीमदत्तनगर, १३ भदौ  चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा रु सात करोडको लागतमा खेल संरचना बन्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले...बाँकी अंश →


सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या

डोटी, १३ भदौ  जिल्लाका अधिकांश स्थानीय तहमा लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा पर्ने गरेका छन् । नौ स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म पनि कुनै स्थानीय तहले कानूनी सल्लाहकार राख्न सकेका छैनन् । यतिमात्र नभई यहाँका स्थानीय तहमा गठन गरिएका न्यायिक समितिले इजलाशसमेत बनाउन सकेका छैनन् । नगर...बाँकी अंश →


सङ्क्रमित बालबालिकाको शिक्षामा समस्या

लम्की, १३ भदौ   कैलालीका एचआइभी सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या हुने गरेको छ । सङ्क्रमित बालबालिकालाई अध्ययनका लागि आवश्यक विद्यालय पोशाक, कापी, किताब जुटाउन नै समस्या हुने गरेको उनीहरुको गुनासो छ । जोशीपुरका सङ्क्रमित एक बालकले विद्यालयमा शुल्क तिर्नु नपरे पनि आवश्यक कापी किताब जुटाउनै मुस्लिक रहेको बताउनुभयो । “मेरो...बाँकी अंश →


पोल गाडेको दुई वर्षपछि बिजुली

बनेपा, १३ भदौ  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो । स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको...बाँकी अंश →


अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो

जलेश्वर, १३ भदौ  कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय...बाँकी अंश →


आत्महत्या गर्नेको सङ्ख्या बढ्दो

अछाम, १३ भदौ  जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो । गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।...बाँकी अंश →


रोजिन निर्यात घट्यो

बाँके, १३ भदौ    रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि यहाँ सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग सङ्कटमा परेका छन् । बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक...बाँकी अंश →


अनुज्ञापत्रबिना नै उद्योग सञ्चालन

सुरुङ्गा, १३ भदौ  झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो । अनुगमनका क्रममा दीपिका पाउरोटी उद्योग र सान्त्वना पानी उद्योगले अनुज्ञापत्र नलिएको...बाँकी अंश →


कृषि उद्यमतर्फ आकर्षण

मोरङ, १३ भदौ  जिल्लामा कृषि उद्यमतर्फ आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन् । एक वर्षको अवधिमा एक हजार ३४७ नयाँ उद्योग थपिएका छन् । यसमध्ये ५४० कृषि तथा वनजन्य उद्योग दर्ता भएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter