
काठमाडौँ, १३ भदौ फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली...बाँकी अंश →

काठमाडौँ, १३ भदौ राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश भएका हुन् । विधायन व्यवस्थापन समितिमा दफावार छलफलपश्चात समितिका सभापति परशुराम मेघी गुरुङले सभामा...बाँकी अंश →

भीमदत्तनगर, १३ भदौ चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा रु सात करोडको लागतमा खेल संरचना बन्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले...बाँकी अंश →

डोटी, १३ भदौ जिल्लाका अधिकांश स्थानीय तहमा लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा पर्ने गरेका छन् । नौ स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म पनि कुनै स्थानीय तहले कानूनी सल्लाहकार राख्न सकेका छैनन् । यतिमात्र नभई यहाँका स्थानीय तहमा गठन गरिएका न्यायिक समितिले इजलाशसमेत बनाउन सकेका छैनन् । नगर...बाँकी अंश →

लम्की, १३ भदौ कैलालीका एचआइभी सङ्क्रमित बालबालिकालाई शिक्षा आर्जनमा समस्या हुने गरेको छ । सङ्क्रमित बालबालिकालाई अध्ययनका लागि आवश्यक विद्यालय पोशाक, कापी, किताब जुटाउन नै समस्या हुने गरेको उनीहरुको गुनासो छ । जोशीपुरका सङ्क्रमित एक बालकले विद्यालयमा शुल्क तिर्नु नपरे पनि आवश्यक कापी किताब जुटाउनै मुस्लिक रहेको बताउनुभयो । “मेरो...बाँकी अंश →
बनेपा, १३ भदौ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ भमिखोरीमा पोल गाडेको दुई वर्षपछि बल्ल बत्ती बाल्न शुरु भएको छ । सामुदायिक विद्युतीकरणमार्फत साविक भिमखोरी गाविसमा २०७० सालबाट बत्ती बाल्ने कामको प्रक्रिया शुरु गरिएको थियो । स्थानीयवासीको सक्रियामा नयाँ किरण विद्युत् सहकारी संस्था लि गठन गरी थालनी गरेको...बाँकी अंश →

जलेश्वर, १३ भदौ कुशे औँशीअर्थात् बुबाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरीको लोहारपट्टि नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । बुबाआमालाई आफ्ना सर्वस्व मान्ने र बुबाआमाकै सेवालाई महान धर्म मान्नेको आस्थाको केन्द्र मानिएको सो स्थानमा आज बुबाको मुख हेर्ने दिनमा भक्तजनको घुइँचो लागेको स्थानीय...बाँकी अंश →

अछाम, १३ भदौ जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको हो । गत आर्थिक वर्षमा १९ ले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालू आवको दुई महीनामा पनि एक जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।...बाँकी अंश →

बाँके, १३ भदौ रोजिन र टर्पेन्टाईन तेलको बजार भाउ घट्दै गएपछि यहाँ सञ्चालित रोजिन र टर्पेन्टाइन उद्योग सङ्कटमा परेका छन् । बजार भाउ घट्न थालेपछि र लागत खर्च बढ्न थालेपछि यहाँका आधा दर्जन उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । लागत बढ्न थालेपछि उद्योगमा ताला लगाउनुपर्ने अवस्था आएको सञ्चालक...बाँकी अंश →

सुरुङ्गा, १३ भदौ झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो । अनुगमनका क्रममा दीपिका पाउरोटी उद्योग र सान्त्वना पानी उद्योगले अनुज्ञापत्र नलिएको...बाँकी अंश →

मोरङ, १३ भदौ जिल्लामा कृषि उद्यमतर्फ आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा दर्ता भएका उद्योगमा धेरै कृषि तथा वनजन्य रहेका छन् । एक वर्षको अवधिमा एक हजार ३४७ नयाँ उद्योग थपिएका छन् । यसमध्ये ५४० कृषि तथा वनजन्य उद्योग दर्ता भएका...बाँकी अंश →

सल्यान, १३ भदौ सल्यानमा पछिल्लो समय लोपोन्मुख जनावर हाइना (हुडार) असुरक्षित बन्न थालेका छन् । बितेका तीन महीनामा घाइते अवस्थामा फेला परेका तीन हाइनामध्ये दुई उपचारका क्रममा मरेका छन् । बुधबार छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा ढाड भाँचिएको अवस्थामा स्थानीयले फेला पारेका हाइनालाई उद्धार गरेर बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: