
डोटी, १४ भदौ जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ बगलेकमा मुक्त हलिया पुनःस्थापनाका लागि निर्माण गरिएको मुक्तहलियाको बस्ती मान्छे नबस्दा दिनहुँ खण्डहर बन्दै गएको छ । पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवारका लागि स्थापना गरिएको उक्त बस्तीमा कोही पनि नबस्दा बस्ती खण्डहरमा परिणत हुँदै जानथालेको छ । सरकारले यसै वर्ष पुनःस्थापनाको...बाँकी अंश →

काठमाडौँ, १४ भदौ बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “अहिले मनसुनको कुनै प्रभाव छैन”, मौसमविद् कँडेले...बाँकी अंश →

धादिङ, १४ भदौ आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको समूहको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जानाकारीसमेत नभएकाले हाल आत्मसमर्पण गरेको उनिहरुले बताएका छन् । आत्मसमर्पण गर्नेमा...बाँकी अंश →

काठमाडौँ, १४ भदौ नेपाली काङ्ग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत कटकुवा वन क्षेत्रमा करीब दुई दर्जन गाई मृत र सयौँको सङ्ख्यामा घाइते अवस्थामा भेटिएको सामाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलले शुक्रबार एक विज्ञप्तिमार्फत गाई राष्ट्रिय जनावर मात्र नभएर धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व रहँदै आएको उल्लेख गर्दै नेपालको संविधानले...बाँकी अंश →

इनरुवा, १४ भदौ नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि गरिएको छ । सो क्षमता वृद्धि भएसँगै यस क्षेत्रमा मागभन्दा बढी विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । शुक्रबार इनरुवा वितरण केन्द्रमा नयाँ पावर ट्रान्सफर्मर जडान गरिएको छ । इनरुवा नगरपालिका–३ मा रहेको वितरण केन्द्रमा आठ एमभिएको...बाँकी अंश →

सोलुखुम्बु, १४ भदौ पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीका लागि माग गरिएको छ । सोलु– काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिनुभयो । पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हित विपरीत कार्य गरेको भन्दै...बाँकी अंश →

तुलसीपुर, १४ भदौ कुनै समय सडक–सञ्जालदेखि टाढा रहेको दाङको सीमानाका पछिल्लो समय सडक सञ्जालले जोडिन थालेको छ । सडक सञ्जाल विस्तार नहुँदा सीमा नाकाले जिल्ला सदरमुकामलाई बिरानो ठान्दै आएको थियो तर अब भने नाका क्षेत्र सडकसँग जोडिन थालेपछि नाकावासी खुशी भएका छन् । “पहिले नाका क्षेत्र निकै पिछडिएको थियो, सडक...बाँकी अंश →

कपिलवस्तु, भाद्र १३ समाजवादी पार्टी नेपालको शिवराज नगरपालिका स्तरीय कमिटि गठन गरिएको छ । नयाँ शक्ति पार्टि नेपाल र संघिय समाजवादी पार्टि फोरम नेपाल विचको संमायोजन कमिटि घोषणा गरिएको हो । शिवराज नगरपालिका चंद्रोटामा भएको उक्त भेलाले कृष्णा कुमार चौधरीको अध्यक्षमा २७ सदस्य समिति गठन भएको हो । जसको अध्यक्ष...बाँकी अंश →

मकवानपुर, १३ भदौ प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ । प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप शुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन भइरहेको छ...बाँकी अंश →

चौतारा, १३ भदौ सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डिपिआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष...बाँकी अंश →

दमक, १३ भदौ पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापा, गौरादहका एक किसानले फलाएका छन् । गौरादह– २ का किसान भीमबहादुर खड्काले आफ्नै जग्गामा स्याउ फलाएका हुन् । आफ्नो घर छेउमा करीब एक बिघा खेतलाई माटोले पुरेर डाँडो बनाई ड्याङ बनाएर लगाएको...बाँकी अंश →

काठमाडौँ, १३ भदौ काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवको व्यवस्थापनका लागि खरीद गरिएको सवारीसाधन मानव सेवा आश्रमलाई हस्तान्तरण गरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सवारी साधनको साँचो हस्तान्तरण गर्नुभएको हो । प्रमुख शाक्यले महानगरको सडकलाई सहयोगापेक्षी सडक मानव मुक्त नगरी ‘स्मार्ट’ सिटीको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: