
चितवन, १६ भदौ ना६ख ७६८७ नंको बसले आज बिहान २ः४० बजे भरतपुर महानगरपालिका–१ आँपटारीमा ठक्कर दिँदा पैदलयात्री रोशन अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । मृतक २७ वर्षीय अधिकारी गोर्खा पालुङटार नगरपालिका–१३ निवासी २ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारीलाई ठक्कर दिई भागेको बसलाई मकवानपुरमा नियन्त्रणमा लिई अनुसन्धान...बाँकी अंश →

सुरुङ्गा, १६ भदौ आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् ।...बाँकी अंश →

काठमाडौँ, १६ भदौ भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चार वटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न...बाँकी अंश →

लमही, १६ भदौ तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्ने तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युटमा नगरभित्रका विद्यार्थीलाई शुल्कमा छुट दिइने भएको छ । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुन थालेको कलेजमा यो वर्ष वन विज्ञानको तीनवर्षे कार्यक्रम सञ्चालन हुन थालेको शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले जानकारी दिनुभयो । “कार्यक्रम सञ्चालनको सबै...बाँकी अंश →

रसुवा, १६ भदौ विद्यालय सुधार कार्यक्रमअन्तर्गत यहाँको कालिका हिमालय माविको हातामा थप चार भवनको निर्माण कार्य सम्पन्न भएको छ । उक्त विद्यालयका थप भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत जापानिज फण्ड फर पोभर्टी रिडक्सनको आर्थिक सहयोग एवं एशियाली विकास बैंकको प्राविधिक सहयोगमा रु १० करोड ३७ लाख ९७...बाँकी अंश →

भद्रपुर, १६ भदौ नेपाल निजामती कर्मचारी सङ्गठन झापाका पूर्वअध्यक्ष स्व प्रमोद तामाङको स्मृतिमा स्थापित पुरस्कारबाट शनिबार झापामा एक पत्रकारसहित तीन पुरस्कृत भएका छन् । सङ्गठनले स्थापना गरेको प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेल पुरस्कृत हुनुभएको छ भने प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट विर्तामोड...बाँकी अंश →

नेपालगञ्ज, १६ भदौ नेपालगञ्जमा भएको यस वर्षको नाचौँ तीज प्रतियोगिताको उपाधि सगरमाथा डान्स क्लब खजुरा बाँके समूहले प्राप्त गरेको छ । उपाधिसँगै क्लबले रु ५० हजार नगदसहित विभिन्न थरिका पुरस्कारसमेत प्राप्त गरेको छ । प्रतियोगिताको आइतबार नेपालगञ्जमा भएको ग्राण्ड फिनालेमा कञ्चनजङ्घा क्लब बाँके दोस्रो र बाँकेकै बनक्रिउ रेजिना समूह तेस्रो...बाँकी अंश →

तुलसीपुर, १६ भदौ सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ । दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले अहिले...बाँकी अंश →
काठमाडौँ, १५ भदौ ः सार्क चेम्बर महिला उद्यमी परिषद्, नेपाल (एससिडब्लुइसी ) सँग आबद्ध एक टोली शुक्रबार नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्ने उद्देश्यले बर्माको याङ्गुन प्रस्थान गरेको छ । बर्मास्थित नेपाली राजदूतावासको निमन्त्रणामा एससिडब्लुइसी नेपालका उपाध्यक्ष सरोजिनी शेरचनको नेतृत्वमा १६ महिला उद्यमी सम्मिलित सो टोली बर्माको याङ्गुन प्रस्थान गरेको हो ।...बाँकी अंश →

काठमाडौँ, १५ भदौ )ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभयो । त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।बाँकी अंश →

काठमाडौँ, १५ भदौ प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । समितिको विसं २०७५ चैत २६ गतेको बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिका सदस्यमा उमेश श्रेष्ठ, एकबाल मियाँ, खगराज अधिकारी, चित्रलेखा...बाँकी अंश →

काठमाडौँ, १५ भदौ यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो । पहिलो लाम...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: