
काठमाडौँ, १८ भदौ काठमाडौँको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पताल लगिएकामा उक्त...बाँकी अंश →

काठमाडौँ, १८ भदौ राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको उक्त बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि छलफल गर्ने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो...बाँकी अंश →
मध्यपुरथिमि, १८ भदौ सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य सञ्चालन गरेको छ । नगरपालिकाभित्रका सबै वडाका जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रतिनिधि र नगर स्वास्थ्य केन्द्रका प्रमुखसमेतलाई डेङ्गु रोग र यसको रोकथामका बारेमा अभिमुखीकरण कार्यक्रम गरी प्रतिकात्मक कार्य सञ्चालन गरिएको हो । नगर प्रमुख बासुदेव थापाले डेङ्गु...बाँकी अंश →
खलङ्गा, १८ भदौ जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...बाँकी अंश →

गलकोट, १८ भदौ उत्पादित आलु भण्डारण गरी बेमौसममा बिक्री गर्न काठेखोला गाउँपालिका–३ धम्जामा सहकारीको अगुवाइमा आलु चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरिएको छ । धम्जामा क्रियाशील हिमचुली कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा रु २७ लाखको लागतमा आलु चिस्यान केन्द्र निर्माण गरिएको हो । आलुको पकेट क्षेत्रका रुपमा चिनिने धम्जामा भण्डारणको अभावका...बाँकी अंश →

जाजरकोट, १८ भदौ खुद्रा पसल दर्ता गरेर रु पाँच लाख पूँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ । पसलबाट घरव्यवहार चल्छ । उहाँले भन्नुभयो, “व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपर्दा भने कष्ट नै छ, जिल्लामै कर तिर्ने व्यवस्था नहुँदा रु...बाँकी अंश →

सप्तरी, १८ भदौ राजविराज नगरपालिका–६ का जुलमा मुखियाका छोरा ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई...बाँकी अंश →

वीरगञ्ज, १८ भदौ कडा कानूनी व्यवस्थाका बाबजुद पनि प्रदेश नं २ मा बलात्कारजस्ता जघन्य घटनामा ६० प्रतिशतले वृद्धि भएपछि यसलाई न्यूनीकरण गर्न प्रदेश सरकारले कडा सुरक्षा रणनीति तयार गर्न थालेको छ । मुलुकी अपराध संहितासम्बन्धी कानूनमा जबर्जस्ती करणीलाई जघन्य अपराध माने पनि पछिल्लो समयमा प्रदेश नं २ मा बलात्कारका...बाँकी अंश →

काठमाडौँ, १८ भदौ नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्ट (नारा) को निर्वाचन यही भदौ २४ मा हुने भएको छ । जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्न स्थापना भएको नाराको ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन हुन लागेको हो । नाराका कोषाध्यक्ष शिशिर खनालले वार्षिक साधारणसभा तथा निर्वाचनको...बाँकी अंश →

डोटी, १८ भदौ जिल्लामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान आजबाट शुरु गरिएको छ । उक्त अभियान एक सातासम्म मनाइने भएको छ । जिल्लाका सरोकारवाला र स्थानीय नागरिककोे उपस्थितिमा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले उक्त अभियानको आजबाट शुरुआत भएको जानकारी दिनुभयो । विशेषगरी महिला र बालबालिका बेचविखनविरुद्धमा उक्त अभियान बढी केन्द्रित...बाँकी अंश →
काठमाडौँ, १८ भदौ मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार नै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ...बाँकी अंश →

इनरुवा, १८ भदौ इनरुवा नगरपालिका–९ बबियाका सत्यनारायण यादवले पहिले निर्वाहमुखी तरकारी खेती गर्दै आउनुभएको थियो । आफूसँग भएको सात कठ्ठा जग्गामा उहाँले तरकारी खेती गर्नुभएको छ । व्यावसायिक तरकारी खेती कसरी गर्ने भने ज्ञानको अभावका कारण आफूसँग भएको सात कठ्ठा जग्गामा उहाँले मौसम अनुसारको निर्वाहमुखी तरकारी खेतीजस्तै काउली, करेला, भण्टा,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: