बिहिबार, १५ चैत २०८०

माल्दिभ्सका राष्ट्रपतिसँग शिष्टाचार भेट

१८ भाद्र २०७६, बुधबार १२:०२ मा प्रकाशित

काठमाडौँ, १८ भदौ  मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार नै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । नेपाल र माल्दिभ्सको पर्यटन प्रवद्र्धन, नेपाली नागरिकलाई माल्दिभ्समा रोजगारीका अवसर, जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्ने साझा प्रयास तथा दुवै देशका साझा सरोकारका मुद्दामा अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरुमा सहयोग बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीमार्फत माल्दिभ्सका राष्ट्रपतिले राष्ट्रपति विद्यादेवी भण्डारीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवं अपारम्परिक चुनौती विषयक सम्मेलन आज समापन हुँदैछ । आजै अपराह्न मन्त्री ज्ञवाली त्यहाँबाट स्वदेश फर्कने कार्यक्रम छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter