
तुलसीपुर, १९ भदौ दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । बस दुर्घटनामा छ जना घाइते...बाँकी अंश →

म्याङ्लुङ, १९ भदौ तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । साविक सिम्ले–७ का डेबिट राईको बुधबार खाल्डोमा डुबेर ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी निरीक्षक तेजबहादुर दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।बाँकी अंश →

बनेपा, १९ भदौ विभिन्न पेशामा संलग्न युवाको समूहले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ इटापु साँगामा व्यावसायिकरूपमा कालिजपालन शुरु गरेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा विभिन्न व्यापार÷व्यवसाय गर्दै आएका आठ जनाको समूहले ‘नासिका वायल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि’ स्थापना गरी व्यवसाय थालेको हो । सञ्चालकसमेत रहनु भएका बनेपा नगरपालिका–१४ का ईश्वर राउतको...बाँकी अंश →

सुरुङ्गा, १९ भदौ वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन् । अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त...बाँकी अंश →

राँझा, १९ भदौ भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन...बाँकी अंश →

दमौली, १९ भदौ भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक वर्ष २०७६÷७७ मा रु दुई करोड ४० लाख अनुदान दिन लागेको हो । प्रत्येक स्थानीय...बाँकी अंश →

इनरुवा, १९ भदौ यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो । ‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित हुनुहुन्छ । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट...बाँकी अंश →

काठमाडौँ, १८ भदौ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार क्षेत्रलाई नियन्त्रण नभई स्वनियमनमा बढी जोड दिइने जनाउनुभएको छ । संविधानतः व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि सरकारका तर्फबाट कुनै बन्देज, सेन्सर वा उल्झन नहुने स्पष्ट पार्दै उहाँले लोकतन्त्र र प्रेसलाई सँगसँगै हिँडाउने मान्यतालाई आत्मसात् गरी नयाँ कानून...बाँकी अंश →

ललितपुर, १८ भदौ महालक्ष्मी नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीको क्षमता विकास गर्न अङ्ग्रेजी भाषाको हिज्जे प्रतियोगिता हुने भएको छ । यही भदौ २३ र २४ गते नगरपालिका वडा नं ६ भित्र सञ्चालित नेपाल डनबस्को स्कुल लूभूमा सो प्रतियोगिता आयोजना हुन लागेको नगरपालिका शिक्षा शाखा प्रंमुख रामबन्दु सुवेदीले जानकारी दिनुभयो । दुईदिने...बाँकी अंश →

बेझाड, १८ भदौ नमूना विद्यालयका रुपमा छनोट भएसँगै पाल्पाका चार सामुदायिक विद्यालय यतिखेर शैक्षिक गुणस्तरीयता र पूर्वाधारलाई आफ्नो प्राथमिकतामा राखेका छन् । पाल्पाको रामपुर नगरपालिकास्थित रामतुलसी मावि, गङ्गा मावि, तानसेन नगरपालिकास्थित दमकडा मावि र माथागढी गाउँपालिकाको कसेनीस्थित दिव्यज्योति माविलाई नमूना विद्यालयको छनोटमा परेका हुन् । तीमध्ये रामतुलसी, गङ्गा र दमकडा...बाँकी अंश →

बाँके, १८ भदौ बाँके, १८ भदौ (रासस) ः “हाम्रो सामान्य परिवार हो । बुबा काम खोज्न शहर जानुहुन्छ, आमा घरकै काममा खटिनुहुन्छ । म २० वर्षकी भएँ । कक्षा ११ मा पढ्छु । चार वर्षअघि मेरो बिहे हुने निश्चित थियो, घरायसी कारणले रोकियो । मेरो लागि राम्रो भयो ।...बाँकी अंश →

सोलुखुम्बु, १८ भदौ लुक्लाबाट काठमाडौँका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ । विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गराइएको नेपाल नागरिक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: