
भद्रपुर, १९ भदौ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत ¥यालीको आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको ¥यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार...बाँकी अंश →

हेटौँडा, १९ भदौ प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिनुभएको थियो । मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको...बाँकी अंश →

काठमाडौँ, १९ भदौँ धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकुमार्ग खोल्ने सहमति भएको छ । स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो । उक्त समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण गरी त्यस क्षेत्रबाट हिँड्ने यात्रु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर...बाँकी अंश →

जलेश्वर, १९ भदौ महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताउनुभयो...बाँकी अंश →

काठमाडौँ, १९ भदौ लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४०० कायम भएको महासङ्घले जनाएको छ ।...बाँकी अंश →
काठमाडौँ, १९ भदौ यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वः(भीमरथारोहण अर्थात् बूढो पास्नी) मनाउन लाग्नुभएका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार र कुलकुटुम्बलाई आफैँ निम्तो दिन छोरीहरुका साथ दिनभर आफैँ कार हाँकेर घरघर पुग्नुभयो । उहाँ र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्वसन्ध्यामा भदौ १५ गते भिक्षुभिक्षुणीहरुले...बाँकी अंश →

Tulasipur, Sept 5 A festival is being organised in Kailali with the objective of creating awareness for the protection of Dolphins. The festival is being hosted by the Kailali Hotel Entrepreneurs Association in Tikarpur from August 14 to 16. Dolphins are found in the Kandra, Patharaiya, Kanda and Mohan rivers...बाँकी अंश →

फिदिम, १९ भदौ सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिए पनि पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त रहेको पाइएको छ । पाँचथर र ताप्लेजुङलाई माछा, मासु, अण्डा र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने सरकारी नीति रहे पनि पशुपक्षीको व्यावसायिक पालन प्रवद्र्धनका लागि बजेट अभाव भएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र...बाँकी अंश →

बाजुरा, १९ भदौ कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो । बारीबाटै स्याउ ढुवानी गर्न कृषि ज्ञान केन्द्रले भदौ १७ गते सूचना जारी गरेको...बाँकी अंश →

बैतडी, १९ भदौ पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ ।...बाँकी अंश →

लहान, १९ भदौ विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर लामो समयदेखि फरार रहेका तीन जनालाई प्रहरीले बुधबार सिराहाको छुट्टाछुटै स्थानबाट प्रहरीले एकै दिन बुधबार पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा फरार कल्याणपुर नगरपालिका–११ का ७० वर्षीय रामप्रसाद मोची, चोरी मुद्दामा फरार कल्याणपुर नगरपालिका–८ मझौलियाका २६ वर्षीय सुरेन यादव तथा लेनदेन...बाँकी अंश →

काठमाडौँ, १९ भदौ काठमाडौँको नक्सालमा आयोजना गरिएको चार देशीय कला प्रदर्शनी सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को सहकार्यमा भएको ११ दिने प्रदर्शनीले सम्बन्ध विस्तारसँगै सिक्ने अवसर मिलेको कलाकारले बताएका छन् । प्रतिष्ठानको कार्यालय नक्सालमा गरिएको उक्त कला प्रदर्शनीमा नेपालसहित भारत,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: