शुक्रबार, ०४ जेठ २०८१

कर्णाली प्रदेश

मन्त्री बुढाको पहलमा विद्यार्थी बोक्दै एयरलाइन्स

त्रिपुराकोट, डोल्पा, २३ असोज,,   डोल्पाबाट निर्वाचित सांसद तथा सङ्घीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको पहलमा नेपाल एयरलाइन्सले डोल्पाली विद्यार्थी बोक्न शुरु गरेको छ । प्रत्येक वर्ष दशैँमा घर जानका लागि हवाई टिकटको सास्ती खेप्दै आएका डोल्पाली विद्यार्थीलाई मध्यनजर राखी आजदेखि नेपाल एयरलाइन्सले विद्यार्थी लक्षित अतिरिक्त उडान शुरु गरेको हो ।...बाँकी अंश →


डोल्पा–जाजरकोट सडक ट्र्याक खुल्यो

जाजरकोट, २० असोज,,   जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ । धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक खोलेर ढुवानीको साधन ट्याक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजाआजा गरेर सडकमै नाँचगान गरी हर्ष मनाएका छन्...बाँकी अंश →


‘पेट्रोलियम पदार्थ समृद्ध कर्णालीको आधार

दुल्लु, १९ असोज ,, कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दैलेख पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ नै कर्णाली प्रदेशको समृद्धिको आधार भएको बताउनुभएको छ । सदरमुकाम दैलेख बजारमा आजदेखि शुरु भएका लद्यु घरेलु, कृषि उद्यम प्रदर्शनी तथा हाट बजार व्यापार मेलाको उद्घाटन समारोहमा उहाँले पेट्रोलियम पदार्थ...बाँकी अंश →


जलचर प्राणी लोप हुँदै

अत्तरिया, १९ असोज,,   पछिल्ला केही वर्षयता कर्णालीलगायत सहायक नदीमा बस्ने जलचर प्राणी लोप हुँदै गएपछि स्थानीयवासी चिन्तित भएका छन् । कर्णाली नदीमा पाइने सहर जातिका माछा, स–साना भुरा माछा, घडियाल गोही, विश्वमै दुलर्भ मानिने डल्फिनलगायत लोप हुँदै गएका छन् । विगत २०÷२५ वर्षअघि कर्णाली नदीमा सहर (महाशेर) माछा छ्याप्छ्याप्ती पाइने...बाँकी अंश →


अपाङ्गतामैत्री कानून बनाउछौँ ,, मन्त्री रावल

सुर्खेत, १९ असोज ,,   कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा अपाङ्गतामैत्री कानून निर्माणमा जोड दिने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री रावलले अपाङ्गता भएका व्यक्तिको हितमा सरकारले नीति तथा कानून बनाउने उहाँले जनाउनुभयो...बाँकी अंश →


नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

हुम्ला, १९ असोज ,,   नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण दशैँतिहारमा जिल्ला भित्रिने जिल्लावासी र जिल्लामा कार्यरत कर्मचारी जिल्ला बाहिर जान समस्या भएको छ । निजी...बाँकी अंश →


बसबाट खसेका बस्नेतको मृत्यु

सुर्खेत, १७ असोज ,,   चलिरहेको बसबाट खसेका ५० वर्षीय पदम बस्नेतको उपचारको क्रममा मृत्यु भएको छ । बस्नेत भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत निवासी हुनुहुन्छ । सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नं को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले...बाँकी अंश →


विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

जुम्ला, १५ असोज ,,   जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो । जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विश्वको अल्लो...बाँकी अंश →


चीन भ्रमण उपलब्धिमूलक ,, मुख्यमन्त्री शाही

सुर्खेत, १३ असोज ,,    कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो चीन भ्रमण उपलब्धिमूूलक भएको बताउनुुभएको छ । साताव्यापी चीन भ्रमणपश्चात् आज सुर्खेत आइपुुग्नु भएका मुुख्यमन्त्री शाहीले पत्रकारसँग कुराकानी गर्दै चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धिमूलक भएको जानकारी दिनुभयो । “भ्रमण अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउन...बाँकी अंश →


शैक्षिक प्रमाणपत्र किर्ते गर्ने पक्राउ

जाजरकोट, १२ असोज ,,   रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र परियार र नक्कली प्रमाणपत्र बनाउने भेरी कम्प्युटर सञ्चालक तेजराज पुनलाई पनि पक्राउ गरेको निमित्त प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिनुभयो...बाँकी अंश →


विषादी प्रयोगशालाका लागि रु डेढ करोड

वीरेन्द्रनगर, ११ असोज ,,   कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि रू डेढ करोड छुट्याइएको छ । कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट छुट्याएको हो । दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम शुरु...बाँकी अंश →


जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जाजरकोट, ३१ भदौ ,,   यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो । उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter