
दाङ, १६ असोज,, उचित संरक्षण र मर्मतको अभावमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको शीत्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको छ । मर्मतको अभावमा पुलमा गरिएको कालोपत्रेमा ठाउँठाउँमा खाल्डाखुल्डी भएको छ । पुलको रेलिङ पनि कमजोर हुँदै गएको स्थानीयवासी होताराम रजौरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको जोडाइमा...बाँकी अंश →

घोराही, १६ असोज ,, नेपाली साहित्य र राजनीतिमा ऐतिहासिक प्रभाव छोड्न सफल जननायक बिपी कोइरलाको शालिक सदरमुकाम घोराहीमा बनाउन थालिएको छ । घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा शालिक निर्माण शुरु गरेको नेपाली काङ्ग्रेस दाङका जिल्ला सचिव शङ्करप्रसाद डाँगीले जानकारी दिनुभयो । छ फिट अग्लो पूर्ण कदको सो शालिक बनाउन निर्माणको...बाँकी अंश →

घोराही, १६ असोज ,, सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो । व्यवसाय गर्न चाहने...बाँकी अंश →

तुलसीपुर, १६ असोज,, लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता...बाँकी अंश →

नेपालगञ्ज, १६ असोज ,, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँका असहाय ज्येष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ । नेपालगञ्जस्थित नीलसागरमा असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रका २२ ज्येष्ठ नागरिकलाई खादा र टीका लगाएर प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सम्मान गर्नुभएको हो । सो अवसरमा केन्द्रका अध्यक्ष सरिता खनाललाई...बाँकी अंश →

बुटवल, १५ असोज,, मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहले स्वतः कर उठाउन नपाइने बताउनुभएको छ । आज रुपन्देहीको योगीकुटीमा गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ५ को प्रथम अधिवेशनमा उहाँले कर लगाउन आवश्यक भए सङ्घीय सरकारको अनुमति माग्नुपर्छ भन्नुभयो । ,, मुख्यमन्त्री पोखरेलले जनतालाई केन्द्रमा राखेर स्थानीय सरकारले कर उठाउन उपयुक्त...बाँकी अंश →

नेपालगञ्ज, १५ असोज ,, नर्सिङ पेशा अहिले धेरै युवतीको रोजाइको विषय भएको छ । यस पेशाप्रति युवतीको आकर्षण बढेसँगै रोजगारको चुनौती पनि बढ्दै गएको छ । नर्स उत्पादनको अनुपातमा रोजगारको अवसर न्यून हुँदै गएकोमा चिन्ता व्यक्त हुने गरेको छ । नर्स पढेका अधिकांश बेरोजगार भएर बस्न बाध्य भएका उदाहरण पनि...बाँकी अंश →

नवलपरासी, १५ असोज ,, विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिकाकास्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको उजुरी आधारमा गत असोज ११ गते पक्राउ परेका प्रधानाध्यापक श्रेष्ठलाई जिल्ला अदालतबाट म्याद थप गरेको छ । पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका...बाँकी अंश →

कपिलवस्तु १५ आश्विन । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बस पार्कमाबसले ठक्कर दिदा एक जना रिक्साचालकको घटना स्थलमै मृत्य भएको छ । आजबिहना बस पार्कबाट बा. ३ ख. ३४४९ नं. को बसले अफनो बसलाई ब्याकगर्ने क्रममा बस पार्कको छेउमा रहेको दुर्गा मान्दिर निर बसेको रिक्साचालककृष्णनगर नगरपालिका वडा नं. १ सेमरा बस्ने...बाँकी अंश →

प्यूठान, १५ असोज,, प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ । लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला आउँदै गरेको जिप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो । ओरालोमा गुडिरहेको गाडी ब्रेक फेल हुँदा बाटोको...बाँकी अंश →

कपिलवस्तु १४ आश्विन । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ कृष्णनगरमा कृष्णानगर नगरपालिकाले फोहरहरुलाई बेवास्था गरेकोले कृष्णनगरको सहारा पब्लिक स्कुलकाबिद्यार्थी, ईलाकाप्रहरीकार्यालय कृष्णनगर, सघिंय समाजवादीफोरम नेपाल कृष्णनगर नगरपालिकाइकाई समिति, कृष्णनगरपालिका वडा नं. २ काअध्यक्षलगायतसबै युवा नेताहरुको अगवाईमा कृष्णनगरको बृहत रुपमा सरसफाई गरेका छन । सघिय समाजवादीफोरम नेपालको प्रवतmाएवमयुवा नेताअकरम पठानका...बाँकी अंश →

कपिलवस्तु असोज १३ ।विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंरहदा कपिलबस्तुमा बृहत साइकल यात्रा गरिएको छ । “साइकल चलाऔं, आफ्नो मुटु स्वस्थ राखौं” भन्ने नाराका साथ बिङगस् फ्रेण्डस् क्लब कपिलबस्तु, प्याडल अफ पावर र साइकल राइर्डस अफ कपिलबस्तुले संयुक्त रुपमा साइकल यात्राको आयोजना गरिएका हो । मुटु स्वस्थ रहन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: