
तुलसीपुर, २३ असोज,, तुलसीपुर–४ रक्षाचौरस्थित सामुदायिक गुरुजजुर माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । जिल्लाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थामा सो विद्यालयमा विद्यार्थी चाप थेगिनक्नु छ । विद्यार्थी अभावले कतिपय विद्यालय एक अर्कोमा गाभ्नुपर्ने अवस्था छ । कुनै समय यहाँ विद्यार्थी अभावका कारण विद्यालय भर्ना...बाँकी अंश →

लमही, २२ असोज ,, सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताउनुभएको छ । आजदेखि नियमित उडान थालेको टरिगाउँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले नारायणपुरलाई अन्तर्राष्ट्रियस्तरको तथा तुलसीपुरको टरिगाउँलाई आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो । “दुवै विमानस्थल सञ्चालनमा आउँछन्”, उहाँले भन्नुभयो । उहाँले तुलसीपुर विमानस्थलमा...बाँकी अंश →

तुलसीपुर, २२ असोज,, करीब साढे चार करोड लागतमा आँखा अस्पतालको सुविधा सम्पन्न बहिरङ्ग सेवा भवन निर्माण सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सङ्घ दाङद्वारा सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको भवन रु चार करोड ४९ हजार २३ हजार लागतमा सम्पन्न भएको हो । दातृ निकाय एनएबिपीको रु दुई करोड...बाँकी अंश →

पाल्पा, २२ असोज ,, रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी गरिरहनु भएको छ । अहिले भट्टराईको फार्ममा १३ गाई छन् । दैनिक ४० लिटर दूध उत्पादन हुन्छ । दुई वर्ष मलेसिया, तीन वर्ष युनाइटेड...बाँकी अंश →

नेपालगञ्ज, २२ असोज,, बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालित सो परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर क्षेत्रफलमा मकैखेती गर्दै आएकामा अहिले ३५ कृषक समूहले ६२१ हेक्टरमा मकैखेती गरिएको छ । बाँकेका परियोजना प्रमुख...बाँकी अंश →

दाङ, २२ असोज ,, राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत शल्यक्रिया विशेषज्ञ डा जनार्दन पन्थी सरुवा भएर राप्ती अञ्चल अस्पताल आउनु भएको...बाँकी अंश →

नेपालगञ्ज, बाँके, २२ असोज ,, दशैंमा मात्रै होइन यहाँका बासिन्दा किनमेलका लागि सधैंभरी रुपैडिहा जाने गर्छन् । रुपैडिहाका पसलमा नेपाली ग्राहकको खुट्टा राख्ने ठाउँ हुँदैन । यहाँका व्यापारी भने झिँगा धपाएर बस्नुपर्छ । नेपालगञ्ज सदरलाइनमा जुत्ता चप्पलको व्यापार गर्दै आउनुभएकी मिरा सिलवालको गुनासो हो यो । दशैंलाई लक्ष्य गरेर नेपालगञ्जमै...बाँकी अंश →

दाङ, २२ असोज ,, दरबन्दीअनुसारका चिकित्सक नहुँदा आम नागरिकले उपचार पाउन नसकेको राप्ती अञ्चल अस्पतालमा अहिले एक शल्य चिकित्सक सहित चार चिकित्सकले सेवा दिन थालेका छन् । उपक्षेत्रीय अस्पताल प्रतिष्ठान मातहतमा गएपछि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा सल्यचिकित्सक जनार्दन पन्थीका साथै स्वास्थ्य सेवा विभागले दुई र तुलसीपुर...बाँकी अंश →

दाङ २१ असोज,, हिउँदे आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् । तुलसीपुर बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन् । तुलसीपुर बजारमा आलुको बीउ किन्न आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–७ का ४० वर्षीया ममता रेग्मीले...बाँकी अंश →

बुटवल, २१ असोज,, रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पडेरीयाकी प्रमिला हरिजन (नाम परिवर्तन) को ८ वर्षको कलिलो उमेरमा बाबुआमाले विवाह गरिदिए । विवाहपछि पाँच वर्षका लागि माइतीमै बसेकी हरिजनले गौना जानासाथ पढाइ पनि छाडिन् । रुपन्देहीकै मर्चहवाका युवकसँग सानैमा बिहे भएकाले आफूलाई मन नपरेको भन्दै श्रीमान् अर्को विवाह गरेर भागिदिए र...बाँकी अंश →

बुटवल, २१ असोज ,, नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचनका लागि तयारी गरिएको छ । प्रन्ध्र वर्षदेखि लगातार भारतको बोधगयामा त्रिपिटक वाचन कार्यक्रम भए पनि बुद्धको जन्मस्थलमा अहिलेसम्म हुन नसकेकाले अखिल नेपाल भिक्षु महासङ्घले यसको तयारी थालेको हो । आगामी कात्तिक २८ देखि ३० गतेसम्म...बाँकी अंश →

बाँके, नेपालगञ्ज, २१ असोज ,, बर्दिया राष्ट्रिय निकुञ्जको प्रवेशद्वारसँगैको सत्खुलवा ताल लोप हुने अवस्थामा पुगेकोे रातो कमलको फूल हेर्न आउने पर्यटकको घुुइँचो लाग्न थालेको छ । उक्त निकुञ्जका संरक्षण प्रमुख अशोक भण्डारीका अनुसार फूल हेर्नका लागि पनि उक्त ताल पर्यटकको गन्तव्य बनेको छ । वारबर्दिया नगरपालिकाका कार्यालय प्रशासकीय अधिकृत चुडामणि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: