१२ मंसिर २०८३

प्रदेश ५

लुकुम खोला साना जलविद्युत् आयोजना सञ्चालनमा

रुकुम (पूर्व), ९ कात्तिक,,   जिल्लाकै सबैभन्दा बढी क्षमता भएको भुमे गाउँपालिका–६ सीसाघारीमा निर्माण भएको लुकुम खोला (सीसाघारी) साना जलविद्युत् आयोजनाले औपचारिक रूपमा विद्युत उत्पादन गर्न थालेको छ । उक्त आयोजना निर्माणमा करिव रु १० करोड सहयोग उपलब्ध गराउनुभएका हङ्कङ निवासी सरमाइकल कादुरीले विहिबार उद्घाटन गर्नुभएको थियो । तीन वटा हेलिकोप्टरमा...बाँकी अंश →


श्रीमतीको हत्या

रोल्पा, ८ कात्तिक,,   पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका–५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ सुत्ने बेलामा विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो...बाँकी अंश →


कृष्णनगर घटनाको दोषी माथि कडा कार्यवाहीगर्नुपर्छ ,, नेता पठान

कपिलवस्तु ७ काठमाडौँ  । कपिलबस्तुको कृष्णनगर नगरपालिका कृष्णनगरमाशुक्रबार रातिमाँँदुर्गाको मूर्ति बिसर्जनको कार्यक्रमथियो । मूर्ति बिसर्जनको लागि पुरानो थाना रोडबाट कृष्णनगर नगरपालिका वडा नं. २ मदिनामस्जिद अगाडि हुदै पुरै बाजार भित्र परिक्रमा गरी शिवानगर पोखरीमाबिसर्जन गर्ने तैयारीमाआयोजकहरु थिए । तर मदिनामस्जिद अगाडि मुर्ति लिएर आएपछि समाजका केहीअसमाजिकव्यक्तित्वहरुले बिसर्जनको क्रममामस्जिदमाथि ढुंगा मुढा...बाँकी अंश →


राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

लमही, ७ कात्तिक ,,   यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ । कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको प्रमुख मित्रलाल ढकालले बताउनुभयो । यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने...बाँकी अंश →


उत्कृष्ट जनज्योति विद्यालय

कञ्चनपुर, ७ कात्तिक,,   कक्षा शुरु हुनुअगावै शिक्षक तथा विद्यार्थीका हातहातमा कुचो र थैला देखिन्छन् । विद्यालय परिसरमै केही खोज्दै गरेको दृश्य सधैँ निरन्तर दोहोरिरहन्छ । शिक्षक विद्यार्थी मिलेर विद्यालय परिसरमा झरेका रुखका पात, कसिङ्गर बटुल्दै निश्चित स्थानमा फाल्न सधैँ नियमित यस्तो कार्यमा सहभागी हुने गरेका हुन् । विद्यालयलाई सफासुग्घर राख्न...बाँकी अंश →


निषेधाज्ञा हटाइयो

कपिलवस्तु, ६ कात्तिक,,   कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । स्थानीयवासी युवाबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि पटक पटक लगाउँदै निषेधाज्ञा लगाउँदै आएको थियो । कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति...बाँकी अंश →


विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ ,, मुख्यमन्त्री पोखरेल

तुलसीपुर, ६ कात्तिक ,,   प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गर्नुभयो । “समग्र दाङको...बाँकी अंश →


कफ्र्यु १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, कृष्णनगर, ६ कात्तिक ,, कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको...बाँकी अंश →


कृष्णनगरमा लगाइएको कर्फु साँझ सम्मका लागि हटाईयो छ , ५ बजे पछि अर्को निर्णय हुने

कपिलवस्तु ५ कार्तिक । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा आज दिउँसो १२ बजे सम्मको लागि हटाएको कर्फुको समयसिमा पुन थप गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलका अनुसार कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजे सम्म कर्फु हटाइएको छ ।आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फू प्रशासन कार्यालयले...बाँकी अंश →


कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु

कपिलवस्तु, ४ कात्तिक ,,   दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज साँझ निषेधाज्ञा(कफ्र्यु) लगाइएको छ । युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । प्रमुख जिल्ला...बाँकी अंश →


सात सयभन्दा बढी मुक्त कमैयालाई जग्गा

तुलसीपुर, ४ कात्तिक ,,    दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष...बाँकी अंश →


कपिलवस्तुको कृष्णानगरमा सम्प्रदायिक झड़प, १० जना घाइते

 कपिलवस्तु ,केयरखबर भारतीय उग्रवादी संस्था हिन्दू युवा वाहिनीका कार्यकर्ताहरुले कपिलवस्तुको कृष्णानगरमा प्रवेश गरि हिन्दू मुस्लिम समुदाय बीच सम्प्रदायिक द्वन्दको बीजारोपण गरेकोले शुक्रवार साँझ देखि नै स्थिति तनाव ग्रस्त छ । शुक्रवार साँझ दुर्गा माताको मूर्ति विसर्जन गर्न लैजादा कृष्णानगरको नईमिया मस्जिदमा एक्कासि ढुङ्गा इटा प्रहार गर्नाले दुई समुदाय बीच शुरू...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter