
अजय मिश्र/कपिलवस्तु ५ मंग्सिर कपिलवस्तु को बिभिन्न स्थान मा प्लाषि्टक बिगबिगी देखिए पछि शिवराज नगरपालिका क्षेत्र भित्र प्लास्टिकको कप, प्लेटर अन्य स्वास्थ्य र वातावरण मा प्रतिकूल असर पार्ने भएकाले नगर कार्य पालिका को बैठक ले २०७५ माघ १ गते देखि कुनै पनि होटल, रेस्टुरेंट, व्यवसायी, विक्रेता, उद्योगी र सबै नगरवासी...बाँकी अंश →

परासी, ५ मङ्सिर ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो । स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले...बाँकी अंश →

मुसिकोट, ४ मङ्सिर,, रुकुम(पश्चिम)को मुसिकोटमा साहित्यकारको जमघट भएको छ । यहाँस्थित राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले आज यहाँ चारदिने साहित्यिक भ्रमण तथा सिर्जनशील लेखन कार्यक्रम गर्दैछ । रुकुम पश्चिम र पूर्वका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणसँगै सिर्जनशील लेखन तथा प्रशिक्षण दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला शाखा अध्यक्ष...बाँकी अंश →

कपिलवस्तु, ४ मंसिर,, कपिलवस्तु जिल्ला ट्राफिक प्रहारी कार्यालय, गोरुसिंगेले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा स्थित पुर्ब पश्चिम महेन्द्र राजमार्गमा जिल्ला ट्राफिक प्रहारी कार्यालय प्रमुख प्रहारी निरिक्षक बाबु राजा पन्त समेतको टोली खटि गई बढदो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले यस जिल्लाको चन्द्रौटा, गोरुसिंगे, पिपरा हुदै मुर्गिया सम्म चल्ने...बाँकी अंश →

बेझाड पाल्पा, ४ मङ्सिर,, पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना...बाँकी अंश →

रुपन्देही, ४ मङ्सिर ,, बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउण्डेशनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको सो उत्सव तथा विश्व शान्ति पूजामा नेपाल, भारतलगायतका...बाँकी अंश →

परासी, ४ मङ्सिर ,, पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर...बाँकी अंश →

कञ्चनपुर, ३ मङ्सिर,, किसालाई व्यावसायिक खेतीतर्फ डो¥याउने उद्देश्यले बेलौरी नगरपालिकाले उन्नत जातको ८० मेट्रिक टन आलुको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । नगरपालिका क्षेत्रका २०५ कृषक समूहका पाँच हजार १२५ किसानलाई बीउ वितरण गरिएको हो । कृषि शाखाका प्रमुख रणबहादुर मल्लका अनुसार प्रतिकिलो रु ५० पर्ने आलुको बीउ...बाँकी अंश →

रोल्पा, मङ्सिर २ ,, संघीय समाजवादी फोरम नेपाल प्रदेश नं। ५ अन्तर्गत रोल्पा जिल्ला समन्वय समिती को प्रथम जिल्ला भेला सम्पन्न भएको प्रदेश प्रवक्ता अकरम पठानले जनाएका छन्। पठानको भनाईनुसार यो।कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं।५ का प्रदेश अध्यक्ष अशोक यादव,र अतिथी संगठन प्रमुख रामू यादव,सह ईन्चार्ज नवीन सुनुवर,प्रदेश महिला अध्यक्ष...बाँकी अंश →

कपिलवस्तु, मङ्सिर २ ,, कपिलबस्तु जिल्लाको कृष्णनगरमा केहि समय अगाडि दुर्गा मूर्ति बिसर्जनको क्रममा दुई समुदायबीच भएको विवादले उग्र रुप लियो । प्रशासनले तत्कालका लागि कर्फ्यू लगाएर समाधानको उपाय अपनायो । प्राविधिक रुपमा शान्तिसुरक्षा कायम भएपनि कृष्णनगरबासीमा त्यस घटनाको त्रास कायमै रह्यो सामाजिक सद्भाव खल्बलिएपछि स्थानीयवासी दुवै समुदायबीच सम्बन्ध सामान्य...बाँकी अंश →

नेपालगञ्ज, २ मङ्सिर,, यहाँस्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । तीन सय कैदीबन्दी क्षमताको कारागारमा पर्याप्त कोठा अभावमा महिला ५६ पुरुष ६२३ र एक आश्रित बालकसहित ६७९ कैदीबन्दी राखिएको जेलर श्यामलाल लामिछानेले जानकारी दिनुभयो । उहाँले चारैतिर बलिया पर्खाल नरहेका, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा...बाँकी अंश →

रुपन्देही, २ मङ्सिर,, बुद्धजन्मस्थल लुम्बिनीमा पूर्वीय दर्शनको विविधता विषयमा छलफल गर्न शनिबारदेखि अन्तर्राष्ट्रिय सेमिनार शुरु भएको छ । नेपाल र चीनका दुई विश्वविद्यालयको आयोजनामा एशियाली प्राकृतिक दर्शनको विविधिकरण विषय सेमिनार शुरु भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा शुरु भएको सेमिनारमा नेपाल, चीन र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: