
इनरुवा, ११ पुस,, सुनसरी सदरमुकाम इनरुवामा आज मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२प ९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद...बाँकी अंश →

बेझाड, ११ पुस,, माथागढी गाउँपालिका–१ चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविरमा १४५ महिलाले सेवा लिएका छन् । घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा पाठेघरको परीक्षण, पिष्टुला पहिचान, पाठेघरको मुखको क्यान्सर परीक्षण, परिवार...बाँकी अंश →

कपिलवस्तु/संवाददाता पुस ९ कपिलवस्तु को सम्पूर्ण विकास र खास गरि क्षेत्र नं ३ समग्र विकास का लागि भारतीय राजदूत मुनजीव सिंह पुरी संग भेट वार्ता गरिएको छ। विकास प्रेमी नेता पूर्व मंत्री ईश्वर दयाल मिश्र को नेतृत्व मा पूर्व स्थानीय विकास अधिकारी चिरंजीवी भण्डारी विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा र...बाँकी अंश →

राँझा, १० पुस,, बाँकेमा आजदेखि जाडो बढेकोे छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ । दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ । उडान अवरुद्ध बिहानैदेखि शुरु भएको शीतलहर...बाँकी अंश →

रोल्पा, ९ पुस,, रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो । चरेशसँगै रोल्पा थबाङ गाउँपालिका– ५ उवाकी ५५ वर्षीया वरमाया पुनलाई प्रहरीले पक्राउ गरी नुसन्धान...बाँकी अंश →

खस्यौली, ९ पुस,, अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिनुभयो । पक्राउ परेका...बाँकी अंश →

बाँके, ९ पुस,, बर्दियाको ३६ किलोमिटर हुलाकी सडकमा धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका बर्दियावासी अहिले कालोपत्र गर्न लोकामा खुशी भएका छन् । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ, बेलवा सम्मको सडकखण्ड अत्यन्तै जोखिम मोलेर दैनिक ओहोरदोहोर गर्नुपरेकामा कालोपत्र भएपछि स्थानीयवासी खुशी भएका हुन् । रु ६२ करोड...बाँकी अंश →

नेपालगञ्ज, ९ पुस,, बाँकेको खजुरा गाउँपालिका–३ ले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरेको छ । यहाँ आयोजित कार्यक्रममा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वडा क्षेत्रका ११० ज्येष्ठ नागरिकलाई न्यानो कम्बल र बाटो खर्च रु १०० प्रदान गरी सम्मान गर्नुभएको हो । त्यस अवसरमा अध्यक्ष कक्षपतिले गाउँपालिकाले पुस १६ देखि...बाँकी अंश →

बेझाड, पाल्पा, ८ पुस,, कुनै बेला अन्धविश्वास र अशिक्षाका कारण जीवन मरणको पर्वाह नगरी घरमै जोखिमपूर्ण सुत्केरी हुने चलन थियो । अशिक्षित, गरीब परिवारमा मात्र नभई शिक्षित र धनीमानी परिवारमा पनि स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनुपर्छ भन्ने सोचाइ कमैमा थियो । यस्तो स्थिति रहेको पाल्पा जिल्लामा अहिले भने स्वास्थ्य संस्थामै...बाँकी अंश →

लमही, ८ पुस,, दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब...बाँकी अंश →

रोल्पा, ८ पुस,, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत शुक्रबार सल्यानमा भएको बस दुर्घटनामा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । रोल्पा प्राविधिक शिक्षालयमा आज आयोजित शोकसभामा सभामुख महराले मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उपचारमा यथोचित व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको थियो । सभामा...बाँकी अंश →

लमही, ८ पुस,, दाङको लमही–तुलसीपुर सडकखण्ड चार लेनको बन्ने भएको छ । उक्त सडकखण्डको बबई नदीदेखि तुलसीपुरसम्मको सडकलाई चार लेनको बनाउन भारतीय तथ्य इञ्जिनीयरिङ कम्पनीसँग सम्झौता गरिएको छ । दुई लेन रहेको उक्त सडकलाई चार लेन बनाउन रु एक अर्ब ४४ करोड लागत अनुमान गरिए पनि रु एक अर्ब ६...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: