०२ चैत २०८२

प्रदेश ५

आगलागी हुँदा छ लाख बराबरको क्षति

लमही, २२ पुस,, दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा...बाँकी अंश →


दाङमा ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारीखेती शुरु

लमही, २० पुस,, दाङमा आधुनिक प्रविधिको प्रयोग गरी तरकारीखेती शुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ का किसान अमृत धितालले दाङमै पहिलो पटक आधुनिक ‘हाइड्रोपोनिक’ प्रविधिको जडान गरी तरकारीखेती शुरु गर्नुभएको हो । परम्परागतरूपमा माटोमा तरकारीखेती गरेर मनग्य आम्दानी गर्न नसिकने भन्दै आधुनिक प्रविधिबाट तरकारीखेती शुरु गरेको उहाँको भनाइ छ ।...बाँकी अंश →


बिग्रिए सिसी क्यामरा.. बल्दैनन् सौर्यबत्ती

बाँके, २० पुस,,  नेपालगञ्जका विभिन्न चोकमा राखिएका सिसी क्यामरा बिग्रिन थालेका छन् । नेपालगञ्जका १६ ठाउँमा ५६ सिसी क्यामेरा राखिएकोमा १२ बन्द छन् । ती बिग्रिएका क्यामराको समयमै मर्मत हुनसकेको छैन । ती क्यामराको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चारफाँटले केही लामो समयदेखि र केही हालसालै बिग्रिएर १२ त्यस्ता...बाँकी अंश →


श्रीमतीको हत्या

परासी, २० पुस,, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमान्ले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् । उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उनको...बाँकी अंश →


चार दिनदेखि किशोरी बेपत्ता

घोराही, १९ पुस,, घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् । घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिनेजानेका र...बाँकी अंश →


मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला

चन्द्रौटा, १९ पुस,, कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खनन्मा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ । मन्दिरको पाँच किलोमिटर वरपरसम्म विभिन्न पुरातात्विक वस्तु छरपस्ट अवस्थामा रहेकाले हाल मन्दिर छेउ दुईवटा ट्रेन्च बनाएर उत्खन्नन् गर्दा लुम्बिनीको मायादेवी...बाँकी अंश →


नेपालमा पाइने चरामध्ये २३ प्रतिशत चरा गुल्मीमा

गुल्मी, १८ पुस,, नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल र जिल्लाको अग्लो ठाउँमा रहेको मदाने जङ्गल क्षेत्रमा उक्त प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीले जनाएको छ । रेसुङ्गा र मदाने...बाँकी अंश →


मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै

नेपालगञ्ज, १८ पुस,, दलालहरुले नयाँ÷नयाँ सञ्चार प्रविधिको प्रयोग गर्न थालेपछि मानव बेचबिखन रोकथाम थप जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । “रोकथामका लागि हामीले अपनाउने उपाय भन्दा दलाल सधँै एक कदम अगाडि हुने भएकाले पनि रोकथाममा जटिलता आएको छ” माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला बताउनुहुन्छ । पहिले गरीब घरपरिवारका...बाँकी अंश →


घरेलु हिंसाका उजूरी धेरै

दाङ, १८ पुस,, दाङको पहाडी क्षेत्रमा पर्ने बङ्गलाचुली गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ३४ वटा उजूरी दर्ता भैसके । न्यायिक समितिका उपाध्यक्ष यमुना थापामगरले गत असारसम्म २४ र साउनदेखि हालसम्म १० सहित ३४ उजुरी आएको बताउनुभयो । न्यायिक समितिमा आएका उजुरीमध्ये असार मसान्तसम्म २३ मुद्दा मिलापत्र भएको र एउटालाई न्यायिक...बाँकी अंश →


साक्षर अभियान शुरु भएपनि ८० हजार नागरिक अझै ‘औँठाछाप’

बाँके, १८ पुस,, कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् । साक्षर वडा घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ र २४ मा समेत निरक्षरको सङ्ख्या थुप्रै रहेको...बाँकी अंश →


आमाको किरिया गर्दै दुई छोरी

लमही, १८ पुस,, छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उहाँकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बस्नुभएको छ । छोराले मात्रै किरिया गर्नुपर्छ...बाँकी अंश →


पचासी वर्षमा नागरिकता

कावासोती, १८ पुस,, नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का मनसरा पुलामीले ८५ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । पुलामीलाई प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मङ्गलबार नागरिकता प्रदान गर्नुभएको हो । उहाँ नागरिकता नहुँदा सामाजिक सुरक्षाभत्ताबाट वञ्चित रहँदै आउनुभएको थियो । रेडियो सामथ्र्य, मध्यविन्दु आँखा उपचार केन्द्र र ग्लोबल आइएमई...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter