०५ पुष २०८२

प्रदेश ५

युवाको हत्या

खस्यौली, २७ फागनु ,,  रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा...बाँकी अंश →


दुई विकास बैंकको एकता प्रक्रिया शुरु

बुटवल, २७ फागुन  ,,   रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् । बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ । साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद...बाँकी अंश →


सडक दुर्घटनामा १ जनाको मृत्यु

कपिलवस्तु / संवाददाता फागुन २६ कपिलवस्तुको जिल्ला को आर टि यो रोडमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जना को ज्यान गएको छ । उत्तर बाट दक्षिण जाँदै गरेको लु १९ प ५७१४ नम्बर को मोटरसाइकल बिपरित दिशा बाट आउदै गरेको लु १ त ७९३६ नम्बरको ट्याक्टर एक आपस मा ठोक्किदा...बाँकी अंश →


राप्ती प्रतिष्ठानले वृद्धि गरेको सेवा शुल्क हटाउन निर्देशन

काठमाडौँ, २६ फागुन ,, सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन, नियमन तथा एकरुपता कायम गर्न छाता स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ल्याउन सिफारिश गरिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ समस्या अध्ययन गर्न गठित समिति’ले सरकारलाई सो सुझाव दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप आवश्यक बजेट...बाँकी अंश →


स्व. ओलीको सम्झनामा प्रतिष्ठान बनाइने

लमही, २६ फागुन ९  ,,  प्रदेश नं ५ का प्रदेशसभा सदस्य स्व उत्तरकुमार ओलीको सम्झनामा ओली स्मृति प्रतिष्ठान बनाइने भएको छ । दाङ क्षेत्र नं ३ ९ख० बाट निर्वाचित सदस्य ओलीको सम्झनामा दाङको बबई गाउँपालिकाले सो प्रतिष्ठान बनाउने भएको हो । छोटो समयमै पश्चिम दाङको विकासका लागि सदस्य ओलीले महत्वपूर्ण...बाँकी अंश →


शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै

खस्यौली, २६ फागनु ,,  शुद्ध खानेपानीमा उपभोक्ताको पहुँच बढ्दै जान थालेको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेकोे बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शनिबार आयोजना गरेको पाँचौँ वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा उपभोक्तालाई खानेपानीको पहँुच विस्तार गर्न थप योजना विस्तारको लक्ष्य राखेको जानकारी दिएको छ । संस्थाले नगरपालिकाको ७, ८,...बाँकी अंश →


प्रदेशका सबै संरचना अपांगमैत्री बन्छन ः मुख्यमन्त्री पोखरेल

रुपन्देही, २४ फागुन ,,  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै संरचना अपांगमैत्री बन्ने बताउनुभएको छ । प्रथम प्र्रदेशस्तरीय ह्वीलचीयर बास्केटबल प्रतियोगिताको आज बुटवलमा उद्घाटन गर्दै उहाँले स्थायी राजधानीको टुंगो लागेपछि बन्ने सबै संरचनाहरु अपांगमैत्री बन्ने बताउनुभयो । अपांगता भएको ब्यक्तिको जीवन सहज बनाउनु महत्वपुर्ण बिषय भएकाले त्यसप्रति सरकार...बाँकी अंश →


नेपालगञ्जमा वातावरण सुधार अभियान

नेपालगञ्ज, २४ फागुन (रासस): नेपालगञ्ज नेपालको सबैभन्दा बढी गर्मी हुनेका शहरका रूपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगञ्जमा दिन प्रतिदिन तापक्रम पनि बढ्दै गएको छ । यही कुराको ज्ञान भएरै होला अहिले नेपालगञ्जको तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन यहाँ हरियाली अभियान...बाँकी अंश →


बुटवलमा सुरक्षित मातृत्व अभियान शुरु

रुपन्देही, २४ फागुन ,,  विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर बुटवल उपमहानगरले सुरक्षित मातृत्व अभियान शुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार बुटवल–११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गरी अभियानको शुरुआत गरिएको हो । कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुनेछ ।...बाँकी अंश →


स्काभेटरमा आगजनी

रोल्पा, २३ फागुन ,,  त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो । स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौँ मूल्य बराबरको भौतिक सामग्री क्षति हुन...बाँकी अंश →


प्रहरीको गोलीबाट चन्दका कार्यकर्ता घाइते

तौलिहवा, २३ फागुन ,,  प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल...बाँकी अंश →


विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

लमही, २३ फागुन ,,  नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित विश्वविद्यालयका २० सदस्य सहभागी रहेको विश्वविद्यालयको ७१औँ सभाले उपकुलपतिले नियुक्त गरेका कार्यपरिषद्का सदस्यलाई अनुमोदन नगरी टुङ्गिएको विश्वविद्यालयका प्रशासक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter