०४ पुष २०८२

प्रदेश ५

दुर्घटनामा एकको मृत्यु

परासी, २७ असार   ,,  पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार गए राति ११ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत भूमहीमा लु २ ख ३१२१ नम्बरको रोकिराखेको ट्रकमा ठक्कर खाँदा...बाँकी अंश →


विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

परासी, २६ असार  ,,  पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवै आगो लगाएको सङ्गठित अपराध...बाँकी अंश →


सामूहिक बलात्कारको मुद्दामा १२ वर्ष कैद

लमही, २४ असार   ,,  दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२÷१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२÷१२ वर्ष कैद फैसला सुनाएको हो...बाँकी अंश →


प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन

दाङ, २० असार  ,,  सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । दाङका कार्यालय प्रमुखहरुलाई आज जिल्ला प्रशासन कार्यालयमा उहाँले जनताका कामलाई द्रुत गतिमा सम्पन्न गर्न र विकास निर्माणका कामलाई तीव्र गति दिन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु कर्मचारी मानसिकताबाट माथि...बाँकी अंश →


जनगुनासोसँग साक्षात्कार गर्दै सभामुख घर्ती

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती एक सातादेखि गृहजिल्ला रुकुम(पूर्व)मा व्यस्त हुनुहुन्छ । सरकारको कामबाट जनता कति सन्तुष्ट छन् भनेर जिल्लाका विभिन्न ठाउँमा पुगेर जनगुनासो सुन्दै र समाधानको बाटो खोज्ने कार्यमा छलफल गर्दै हुनुहुन्छ । समृद्ध प्रदेश निर्माणका लागि प्रदेश नं ५ सरकारले विभिन्न काम गर्दै आएको बताउँदै उहाँले...बाँकी अंश →


दुर्घटनामा एकको मृत्यु

कावासोती, १८ असार  ,,  नवलपरासीमा आज बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१६ कुमारवर्ती चोकमा लु२ख १४९३ नंको बसले सोही स्थान बस्ने ७५ वर्षीया पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


धार्मिक पर्यटनको गन्तव्य स्थल बन्दै सुपा देउराली

अर्घाखाँची, १७ असार  ,,  नेपालका विभिन्न तीर्थस्थल जसको आआफ्नै महत्व छ । तीमध्येको एक हो अर्घाखाँचीको सुपा देउराली । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासका आधारमा यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमि दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खोचमा प्राचीन शैलीमा निर्मित...बाँकी अंश →


मालपोत कार्यालयमा आगलागी

तौलिहवा, १५ असार   ,,  जिल्ला सदरमुकाम तौलिहवास्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट रु नौ लाखभन्दा बढीको क्षति भएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचर पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ । विद्युत्...बाँकी अंश →


लुम्बिनी क्षेत्रमा उद्योग र सडकको धुलोले प्रदूषण बढ्दै

रुपन्देही, १५ असार   ,,  विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा उड्ने धुलोका कारण पर्यटक आवागमनमा नकारात्मक प्रभाव परेको छ । धुलोले यहाँका स्थानीयवासीमा समेत नकारात्मक वातावरणीय प्रभाव परेको छ । वार्षिक लाखौँ पर्यटक आउने सांस्कृतिक सम्पदा भए पनि वातावरणीयरुपमा स्वच्छ राख्न सरोकार भएका कुनै पनि...बाँकी अंश →


फार्मेसी सेवाबाट बिरामीलाई सुविधा

नवलपरासी , १५ असार  ,,  पश्चिम नवलपरासीको जिल्ला पृथ्वी चन्द्र अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएपछि बिरामीहरुलाई सहज हँुदै आएको छ । स्थापना भएको करिब ८० बर्ष पछि बल्ल आफ्नै फार्मेसी सेवा सञ्चालनमा आएपछि अहिले बिरामीहरुलाई निकै सुविधा भएको हो । अस्पताल परिसर भित्र बाहिरका मेडिकलहरु भन्दा सहुलियत मूल्यमा फार्मेसी...बाँकी अंश →


महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

  प्रिया अधिकारी/रूपन्देही असार १४ कञ्चन जेसिस र साना किसान सहकारी संस्था कञ्चनको संयुक्त आयोजनामा एक दिने महिला सशक्तीकरण कार्यक्रम कंन्चन १ लौसामा रहेको डाफे कटेज एण्ड पाटी प्यालेसमा सम्पन्न भएको छ। कञ्चन जेसिस बर्ष २०१९का संस्थापक अध्यक्ष चुरामडी पौडेलको अध्यक्षतामाब भएको उक्त कार्यक्रम कन्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले...बाँकी अंश →


कृष्णानगर नगरपालिका का वडाहरू खुल्ला दिशा मुक्त घोषणा हुदै

अजय मिश्र / कृष्णानगर असार १४ कपिलवस्तु बकाैली र झण्डेनगर वासीकाे स्वभिमान अबकाे पालाे पूर्ण सरसफाई अभियान भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा न.३ र १० खुल्ला दिशा मुक्त घाेषणा गरिएकाे छ । कृष्णनगर नगरपालिका वडा न. ३ को वडा अध्यक्ष सगीर अहमद खां र १० को वडासचिव राम किशाेेर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter