बिहिबार, ०३ जेठ २०८१

प्रदेश ७

विस्थापीत परिवारको मुहारमा खुसियाली छैन

कञ्चनपुर, १ कात्तिक ,,  दशैं पर्वको अवसरमा सबै क्षेत्रमा खुशी र उमंग छाएको छ तर कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्कामा शिविर बनाएर वर्षौदेखि पुनःस्थापनको आशामा बसेका निकुञ्ज विस्थापित परिवारको मुहारमा खुसियाली छाएको छैन । भारतमा मजदूरी गर्न गएका दशैं आउँदासमेत फर्केका छैनन् । शिविरमा बस्दै आएका विस्थापित परिवारलाई साँझ बिहानको...बाँकी अंश →


दुर्घटना न्यूनीकरण गर्न ७६ जिपको छत हटाइयो

दार्चुला, ३१ असोज ,,   जिल्लामा महाकाली लोकमार्ग र विभिन्न शाखा सडकमा सञ्चालनमा रहेका ७६ जिपको छत ट्राफिक प्रहरीले हटाउन लगाएको छ । चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरणको लागि भन्दै महाकाली लोकमार्ग तथा शाखा सडकमा सञ्चालनमा रहेका जिपको छत तथा पछाडिको सिट हटाइएको हो । यातायात कार्यालयबाट पाँच सिट पास भएका...बाँकी अंश →


गड्डाचौकी नाकामा जाँच

भीमदत्तनगर, २६ असोज,,   दशैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै जाँदा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीमा तालीम प्राप्त कुकुरको सहायताबाट आज बिहानदेखि सुरक्षा जाँच गर्न थालिएको छ । प्रतिबन्धित बस्तुभाउको रोकथाम एवं नियन्त्रणका साथै सुरक्षा क्षेत्रमा चाडपर्वका बेला हुने आपराधिक गतिविधि नियाँल्न कुकुरद्वारा सुरक्षा जाँच गर्न थालिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको...बाँकी अंश →


हात्ती आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर, २८ असोज,,   एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् । पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि...बाँकी अंश →


दशैँमा पनि तलब पाएनन् कर्मचारीले

बैतडी, २८ असोज,,   दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका...बाँकी अंश →


शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्यो

कञ्चनपुर, २७ असोज ,,   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ । कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेका छन् । बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्या उल्लेख्य रूपमा बढेको निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत...बाँकी अंश →


हात्तीद्वारा धानबालीमा क्षति

भीमदत्तनगर, २६ असोज,,   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका तीन वडामा बिहीबार राति जङ्गली हात्तीको बथानले धानबालीमा ठूलो क्षति पु¥याएको छ । राति गाउँ प्रवेश गरेका दर्जनौ हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१, २ र १२ नं वडाका धानबालीमा क्षति पु¥याएको सम्बद्ध किसानले बताएका छन् । त्यसैगरी हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा बाढी पीडितका चार...बाँकी अंश →


छ मजदुर घाइते

कञ्चनपुर, २६ असोज,,   कृष्णपुर–५ लालझाडी जङ्गलको अमखौया खोला नजिक पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन् । से४प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर–२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय...बाँकी अंश →


भेडा–च्याङ्ग्रा निर्यात

दार्चुला, २५ असोज,,   दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६०...बाँकी अंश →


ट्र्याक्टर दुर्घटना दुईको मृत्युु

घोडाघोडी, २३ असोज,,   कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा आज घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् । ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ आइरहेको से १ त ३९६९ नं को ट्र्याक्टर ब्रेकले काम नगरेपछि दुर्घटना हुँदा ाबर्दगोरिया–१ का ३५ वर्षीय डागु चौधरी र ४०...बाँकी अंश →


बैतडी–दार्चुला जोड्ने पुल जीर्ण बन्दै

बैतडी, २३ असोज ,,   बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९÷६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ । दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगेपनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठ बताउनुहुन्छ । दार्चुलालाई सडक सञ्जालसँग...बाँकी अंश →


औलोका बिरामी घट्दै

बैतडी, २२ असोज ,,   सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् । औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter