बिहिबार, २० बैशाख २०८१

विचार/ब्लग

उत्तरपूर्वी भारतसँग पर्यटकीय साइनो

पोखरा, २० माघ  ,,  पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको छ । भारतका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध संस्थासँग पोखराको पर्यटन प्रवद्र्धन गर्ने प्रयासस्वरुप यही माघ २२ गतेदेखि २७ गतेसम्म सिलगुडी, गुवाहाटी लगायतका शहरको भ्रमण गर्न लागिएको बताइएको छ । पोखरासँगको पर्यटनमा साझेदारी...बाँकी अंश →


साइबर अपराधमा युवावर्ग बढी

काठमाडौँ, २० माघ  ,,  आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी...बाँकी अंश →


कृत्रिम गर्भाधान केन्द्र स्थापना

गोरखा, १८ माघ  ,,  गोरखा जिल्लामा कृत्रिम गर्भाधान केन्द्रको स्थापना भएको छ । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोमा गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी आज केन्दको स्थापना गरिएको हो । जिल्लाभित्रका कृषककोे घरपालुवा पशुबस्तुमा कृत्रिम गर्भाधानका लागि सेवा प्रदान गर्न केन्द्रको स्थापना गरिएको मन्त्रालयका पशुपक्षी तथा...बाँकी अंश →


मुलुकभर दश हजार दुर्घटना, एक हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, १८ माघ   ,,   साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । मोटरसाइकल चार हजार २३०,...बाँकी अंश →


मनोरोगी आमाको उद्धार

काठमाडौँ, १७ माघ  ,,  “कान्छो छोरो सन्तोषले पाल्दै थियो, अहिले त आउँदैन, कहाँ बस्छ कहाँ”, जाडोले लुगलुग काम्दै दोलखाकी चण्डिका बोहराले दुखेसो सुनाउनुभयो । कतिबेला राम्रो कुरा गर्ने र कतिबेला होस हराएजस्तो फरक प्रसङ्ग जोड्ने चण्डिकालाई छोराले छाडेको झण्डै सात महीना भएको छ । बूढानीलकण्ठस्थित सानो टहरोभित्रको एउटा कोठामा बस्ने...बाँकी अंश →


नदीजन्य वस्तुको अनियन्त्रित दोहन बढ्दो

बर्दिवास, १७ माघ ,,   पछिल्ला दिनमा खासगरी यो वर्षको प्रारम्भसँगै जिल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धमाधम बग्रेल्ती क्रसर उद्योग खुलेका र नदीबगर तथा नदीउकास क्षेत्रमा अनियन्त्रित उत्खनन भइरहेको गुनासो बढेको छ । “रातु नदीमा बाढी आउँदा हाम्रो खेत घर बढार्छ, हामीले चम्को लगाउन ढुङ्गा खोज्दा कानून देखाइन्छ”, बर्दिवास–६...बाँकी अंश →


विमानस्थलको काम द्रुत गतिमा

डोटी, १७ माघ  ,,   तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले दु्रत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर...बाँकी अंश →


लोकतान्त्रिक व्यवस्थामा पनि परिवारवादको प्रभाव

काठमाण्डौ, १२ माघ ,,  लोकतान्त्रीक शासन प्रणालीमा कुनै परिवार तथा बंशको वरीपरी शासन व्यवस्था केन्द्रित हुनु अस्विभाविक मानिनु पर्ने हो । विश्व राजनीतिलाई सैद्धान्तिक रुपमा व्याख्या गर्नेहरुको परिभाषामा रक्त सम्बन्ध वा वंशगत सम्बन्धबाट उत्तराधिकारी बन्ने र बनाउने राजनीतिले लोकतन्त्रको आधारभूत सिद्धान्तलाई मिचेको निष्कर्ष निकाल्छन् । भारत, अमेरिकाजस्ता विश्वलाई नै लोकतन्त्रको...बाँकी अंश →


प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्ने

काठमाडौँ, ११ माघ ,, यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको...बाँकी अंश →


जीर्ण बन्दै सुर्खेत–दैलेख सडकखण्ड

दुल्लु, १० माघ ,, सुर्खेत हुँदै दैलेख जाने मुख्य सडकखण्ड जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाले विसं २०४९ फागुन ७ गते सुर्खेतको कपासे ब्यारेक नजिकै शिल्यान्यास गर्नुभएको यो सडकको अधिकांश स्थानमा खाल्डाखुल्डी परेको छ । शिल्यान्यास भएको साढे तीन वर्षपछि दैलेख सदरमुकाममा पहिलो पटक सार्वजनिक बस आइपुगेको...बाँकी अंश →


समाज प्रति बिद्यार्थीको जिम्मेवारी

  हरेक विद्यार्थीले आफ्नो जीवनलाई स्वयं आफु प्रति, आफ्नो परिवार प्रति, साथी प्रति, समाज प्रति र देशको हकहितको लागि आफ्नो विद्यार्थी जीवन कालमा आफ्नो उत्तरदायित्वलाई पहिचान गरि धेरै नै योगदानहरु गर्न सक्छ। जस्तै: १.आफु प्रतिको उसको ज़िम्मेवारी यो हुन्छ की उ जहिले पनि आफ्नो पछिल्लो गरेको गल्तीहरु बाट पछुतो न...बाँकी अंश →


गोलाबारीमा १३ घण्टा हराएका युद्धवीरले १४ वर्ष टेके

हेटौँडा, ८ माघ  ,,  चौध वर्षमा प्रवेश गर्दै गरेका युद्धवीर माघ २ गते निक्कै व्यस्त थिए । कतिपय उनीसँग सेल्फी खिच्दै थिए त कतिपय अन्तरवार्ता लिँदै । लज्जालु स्वभावका युद्धवीर भने भीडबाट टाढिन खोज्थे । मुश्किलले पाँच÷ छ वटा घर भएको साविक फापरबारी गाविस र अहिलेको बागमती गाउँपालिकाको केन्द्र रहेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter