
काठमाडौँ, १४ असोज पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले दैनिक भेटी गणना गरी बैंकमा दाखिला गर्ने कार्यको शुरुवात गर्नुभएको हो । कोषले विसं...बाँकी अंश →

काठमाडौँ, १३ असोज ः सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्ने भएको छ । सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने उद्देश्यका साथ टेष्ट राष्ट्र जिम्बावेविरुद्व मैदानमा उत्रनेछ । खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजे हुनेछ । उक्त सिरिजअन्तर्गत यसअघि शुक्रबार...बाँकी अंश →
काठमाडौँ, १३ असोज ः लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ । नेप्से बढे...बाँकी अंश →

काठमाडौँ, १३ असोज नेपाली औषधि उत्पादक व्यवसायीको छाता सङ्गठन नेपाल औषधि उत्पादक सङ्घको अधिवेशन एवम साधारणसभा असोज २९ गते काठमाडाँैमा हुने भएको छ । हाल सङ्घमा ५३ व्यवसायी आवद्ध छन् । सो अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने सङ्घका अध्यक्ष दीपक दाहालले जानकारी दिनुभयो । केही कार्यकाल यता सङ्घको नेतृत्व चयन...बाँकी अंश →
काठमाडौँ, १३ असोज प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताउनुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको सो घोषणा समारोहमा प्रधानमन्त्री ओलीले घोषणामा अन्तरनिहित विविध पक्षलाई सबलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड...बाँकी अंश →

काठमाडौँ, १३ असोज बर्सेनी दशैँका बेला यात्रुलाई हावाई जहाजको टिकट पाउन सकस हुन्छ । वायु सेवा प्रदायक कम्पनीले दशैँ आउन एक महिना अघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्नेगरी भाडा असुल्ने गरेका छन् । महङ्गो...बाँकी अंश →

डोटी, १३ असोज जिल्लामा पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाउन थालेको छ । यहाँका प्रत्येक गाउँपालिकाले आआफ्ना ठाउँमा सडक यातायात पु¥याउने होडबाजी चलेपछि पछिल्लो समय डोजर व्यवसाय निकै फष्टाएको स्थानीयवासी बताउँछन् । जिल्लाका विभिन्न स्थानीय तहमा अहिले सडक काट्ने नाममा स्काभेटर र ब्याकहो लोडर प्रयोग गरी सडक मर्मत तथा कटिङको...बाँकी अंश →
काठमाडौँ, १३ असोज सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पु¥याएको दावी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न...बाँकी अंश →

काठमाडौँ, १३ असोज प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गर्नुभएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभयो । नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई...बाँकी अंश →

काठमाडौँ, १३ असोज नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो । छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश...बाँकी अंश →
ललितपुर, १३ असोज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँबु आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गर्नुभयो । कूल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने उक्त भवनको शहरी विकास तथा भवन निर्माण...बाँकी अंश →

हेटौँडा, १३ असोज प्रदेश ३ का मुख्यन्यायाधिवक्ता ओम थपलियाले मुख्यमन्त्री डोरमणि पौडेलसमक्ष प्रदेशको ऐन, नियम, कार्यविधि आदिको विवरणसहितको प्रतिवेदन बुझाउनुभएको छ । मुख्यन्यायाधिवक्ता थपलियाले प्रदेश ३ को स्थापनादेखि हालसम्म प्रदेशअन्तर्गत तर्जुमा भएका र जारी भएका ऐन, नियम, कार्याविध तथा निर्देशिकाहरु र तर्जुमा हुन बाँकी ऐन, नियम, कार्यविधि तथा निर्देशिकाहरुको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: