बिहिबार, १५ चैत २०८०

शहरले खोशेको लक्ष्मीका खुसीहरू

सुनिता कटुवाल

१५ आश्विन २०७६, बुधबार ११:३६ मा प्रकाशित

मेरो नाम लक्ष्मी हो । जब चार्डपर्वहरु नजकिदै गर्छन, मेरा ती बालापनका खुसीहरु एक पछि अर्को गर्दै मानसपटमा ताजा बन्दै जान्छन । प्रत्येक दशैमा म आफ्नो बालपन सम्झने गर्दछु । विगतका वर्ष झै 2076 सालको दशैमा पनि बालापनको खुसीहरु सम्झीरहेको छु । २०५४ सालमा म एउटा घुम्ती भन्ने गाउँमा जन्मिए । गाँउ भएपनि असाध्यै रमाइलो वातावरण थियो । वातावरण मात्र रमाइलो होइन त्यहाका हरेक मानीसहरु पनि उत्तीकै रमाइला थिए । दशैको बेला त झन संसारका सारा रमाइलोहरु मेरो यहि गाउँमा आएर बस्छन जस्तो लाग्थ्यो । पारी घुमेको बाटोबाट शहरतिर गएका मानिसहरु बिस्तारै गाउँ फर्किन्थे । गाउँमा भएका मानिसहरु भ्याई नभ्याई गदै घरलाई रंगिन बनाउन सेतो माटो (कमेरो) र रातो माटो लिन टाढाटाढा जान्थ्यो । दशैमा काट्ने खसिलाई बलियो बनाउन मकै, भट्मास र घाँसहरु धेरै खुवाउथे । दशैको लागि गाई वस्तुलाई घाँस भनेर पारपट्टीको खेत र गैरी खेतको घाँस साचेर राख्ने गरिन्थ्यो । दशै आयो भन्दै घर–घर सम्मका बाटोका घासँहरु उखालेर बाटो सफा बनाउने गरिन्थ्यो । त्यहि गाँउको भिडमा म पनि थिए । दशैको खुशी मेरो लागी भिन्न थियो मेरो बुवा, दिदी-दादाहरु मेरो लागि नँया– नँया कपडा र मिठा–मिठा खानेकुरा लिएर टाढाको शहरबाट धेरै दिन लगाएर आउनुहुन्थ्यो । ६/७ जना लाइन लागेर लहरै घर भित्रपस्दा सेतो र रातो माटो लगाएर सिगाँरीएको मेरो घरले मुसुक्क हास्दै स्वागत गर्दथ्यो । घरमा पालेको भोटेकुकुर पनि खुसि हुदै भुकेर स्वागत गर्दथ्यो । सबैको खुसिमा समिलहुदै म पनि दादा-दिदीहरुको काखमा लुटुपुटु गर्दै खुसि साटने काम गर्दथे । सबैलाई खुसि देखेर मेरी आमाको पनि खुसिले सिमा नाग्थ्यो र छोराछोरी र श्रीमानलाई भनेर साचेर राखेको खाने कुरा हतारहतार गरेर निस्वार्थ मायाले सबैलाई खान दिनुहुन्थ्यो । दशैंको अष्टमीको दिन गाउँमा धेरै चहलपहल हुन्थ्यो । छोरामान्छेहरु जम्मा भएर गाउँमा पिंग हाले र एक अर्काको घरघरमा खसी काट्ने गरिन्थ्यो । गाउँ भरिको घरहरु मध्ये सबै भन्दा ठुलो खसी मेरो घरमा काटिन्थ्यो । गाउँको सबै भन्दा धनी घर मेरो थियो । शहरबाट ल्यायको नयाँनयाँ पैसा मेरो घरमा साट्न आउनुहुन्थ्यो । मेरो पनि नयाँ कपडा र नयाँ पैसा लिएर मेरो साथीहरुलाई देखाउन जान्थे । सम्झिन्छु ती मेरा बालापनको दशै, नयाँ कपडा, नयाँ पैसा, सबैको माया, खुसीका लहर… तर आज म विरानो सहरमा हराई रहेकी छु । त्यो मेर गाउँ; ती मेरा खुशीहरु यहि विरानो सहरले लुटिरहेको छ । यो सहरमा ठुला-ठुला भवनहरु त छन् अनि मान्छेको भिड पनि छ तर ती मेरा बालापनका सम्पूर्ण खुशीहरु यहि विरानो सहरमा समर्पण गरेर देखावटी खुशी लिएर बाँची रहेकी छु । मेरो अतीतलाई सम्झेर भन्न मन लाग्छ, जिन्दगि भनेको बुनिएका झिलिमिली रंगिन सुइटर जस्तै हो । जब सुइटरलाई बुन्दै लाग्यो खुल्दै जान्छ, र खुल्दै लग्यो बन्दै जान्छ । बन्दै जानु खुल्दै जानु र खुल्दै जानु बन्दै जानु पर्यावाची शब्द जस्तै मेरो जीवन यहि विरानो शहरमा विति रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter