बुधबार, ०२ जेठ २०८१

समाचार

लक्ष्यअघिनै कटान नियन्त्रण योजना सम्पन्न

बाबियाचौर, म्याग्दी, १५ जेठ (रासस) ः जलजला गाउँपालिका–३ पुल्चोकमा कालीगण्डकी नदी कटान नियन्त्रणका लागि सञ्चालित योजना लक्ष्यभन्दा दुई महिना अघिनै सम्पन्न भएको छ । जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय, बागलुङले २०७५ असार मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता गरेको नदी किनारमा पक्की पर्खाल निर्माण गर्ने योजना वैशाख अन्तिम साता सम्पन्न भएको हो...बाँकी अंश →


प्रदेश २ मा तत्काल विश्वासको मत लिनु नपर्ने

महेन्द्रनगर, धनुषा, १५ (रासस) ः प्रदेश २ मा लालबाबु राउत नेतृत्वको सरकारलाई अहिले तत्काल विश्वासको मत लिनु नपर्ने स्थिति देखिएको छ । प्रदेश २ का सभामुख सरोज यादवले गठबन्धन दल राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए मात्र मुख्यमन्त्रीले संसद्बाट विश्वासको मत माग्नु पर्ने स्थिति आउने बताउनुभयो । सभामुख यादवले प्रदेशसभाको...बाँकी अंश →


चौलानी नदी किनारमा शव फेला

बैतडी, १५ जेठ (रासस) ः चौलानी नदी किनारमा एक पुरुषको वेबारिसे शव फेला परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित चौलानी नदी किनारमा सोमबार साँझ उक्त बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गहुँ गोरो वर्ण, पाँच फिट चार इञ्च उचाइ, रातोमा कालो धर्सा भएको सर्ट,...बाँकी अंश →


हुम्लामा रर्लिङ पर्व भव्यरुपमा मनाइँदै

हुम्ला, १५ जेठ (रासस) ः सिमीकोट गाउँपालिकाअन्तर्गत वडा नं ३, वरगाउँमा पर्ने रर्लिङ गुम्बामा यही जेठ ११ गतेदेखि आजसम्म बौद्ध धर्मावम्बीबाट यहाँ मनाइने ठूलो पर्व रर्लिङ पर्वमा पूजापाठ गरिएको छ । विभिन्न ठाउँबाट आएका ४१ जना पुजारीहरुले बिहानदेखि पूजापाठ गरेको अध्यक्ष एवं पुजारी बुम्दोर्जे लामाले जानकारी गराउनुभयो । उक्त मेलामा...बाँकी अंश →


महोत्तरीबाट १० जनाको कैदमाफी

गौशाला, १५ जेठ (रासस) ः गणतन्त्र दिवसको अवसरमा आज महोत्तरी जिल्ला कारागारबाट एक भारतीयसहित १० जना कैदीको कैद माफी गरिएको छ । कारागार कार्यालय महोत्तरी, जलेश्वरका जेलर शोभेन्द्र ठाकुरका अनुसार गणतन्त्र दिवसको अवसरमा आज यस कारागारबाट कर्तव्य ज्यान मुद्दाका सात, डाँका मुद्दाका दुई र कुटपिट अंगभंग मुद्दाका एक गरी जम्मा...बाँकी अंश →


डुबेर एक बालकको मृत्यु

राजविराज, १५ जेठ (रासस) ः सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा सोमबार साँझ डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सकल मण्डलका तीन वर्षीय छोरा अरवीन्द मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । सोही ठाउँस्थित चन्द्रेश्वर चौधरीको पोखरीमा खेल्दै गरेको अवस्थामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...बाँकी अंश →


गणतन्त्र दिवसमा विद्यार्थीको प्रभातफेरी

काठमाडौँ, १५ जेठ (रासस) ः संयुक्त विद्यार्थी संगठनले आज बिहान ११ औँ गणतन्त्र दिवस अवसरमा प्रभातफेरी गरेका छन् । भृकुटीमण्डपबाट प्रभातफेरी शुरु भई पुतलीसडक हुँदै शान्तिबाटिका पुगेर कोणसभामा परिणत गरिएको अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । प्रभातफेरीमा विद्यार्थीले ‘गणतन्त्र दिवस जिन्दावाद’, ‘गणतन्त्रको उपहार शिक्षा, स्वास्थ्य र रोजगार’ ,‘वीर...बाँकी अंश →


सन्दर्भ गणतन्त्र दिवस ः गणतन्त्र र संघीयताबारे कर्णालीको बुझाइ

सुर्खेत, १५ जेठ ९रासस० ः दश बर्ष अगाडि आज कै दिन २४० वर्ष लामो राजसंस्थाको इतिहास अन्त्य भएर नेपालमा गणतन्त्रको स्थापना भयो । यो दिनलाई जनताद्वारा शासन व्यवस्था सञ्चालन गर्ने दिनका रुपमा स्मरण गरिँदै आएको छ । मूलतः नेपाली जनताका लागि यसबाट नयाँ अध्याय शुरु भयो र मुलुक नयाँ शिराबाट...बाँकी अंश →


सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

फलेवास, पर्वत, १५ जेठ (रासस) ः यहाँको एक विकट गाउँको सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून संकायमा पढाइ शुरु गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ स्थित लिमिठाना माविमा कानून संकायका कक्षा सञ्चालनको तयारी गरिएको हो । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा कानून विषयमा कक्षा सञ्चालन गर्न...बाँकी अंश →


मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

वालिङ, स्याङ्जा, १५ जेठ (रासस) ः विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ । सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २१ जना किशोरी अवस्थाका छात्रामा मास हिस्टेरिया देखिएपछि आज विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । “विशेष गरी छात्राले टाउको...बाँकी अंश →


एकसय २६ खानीबाट छ हजारलाई रोजगारी

काठमाडौँ, १५ जेठ (रासस) ः सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ । सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला चालू आवको आठ महिनामा मुलुकभरका १२६ खानीबाट छ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो...बाँकी अंश →


बेवारिसे बिरामीको अस्पतालमै मृत्यु, आफन्तको खोजी

बेनी, म्याग्दी, १५ जेठ (रासस) ः म्याग्दीको बेनीमा अचेत अवस्थामा भेटिएका बिरामीको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको छ । बेनीको कर्मचारी मिलन केन्द्र नजिक सडकमा अचेत अवस्थामा भेटिएका अन्दाजी ४० वर्षीय पुरुषलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी अस्पतालमा उपचारका लागि लगेको थियो । गत शुक्रबार बिहान अस्पतालमा पु¥याए पनि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter