०५ चैत २०८२

समाचार

स्वास्थ्यचौकीको भवन निर्माण अलपत्र

त्रिशूली(नुवाकोट), २२ जेठ (रासस)ः ककनी गाउँपालिका–८ आरुचौरमा रहेको थानसिङ स्वास्थ्य चौकीको निर्माणाधीन भवन चार वर्षदेखि अलपत्र हुँदा स्वास्थ्यचौकी सेवा प्रभावित भएको छ । चार वर्षअघि निर्माण आरम्भ भए पनि ठेकेदारले बीचमा काम छाडेपछि भवन अलपत्र बनेको छ । भूकम्पको कारण पुरानो भवन बस्न अयोग्य भएपछि भाडाको घरबाट स्वास्थ्यचौकी सञ्चालन गर्दै...बाँकी अंश →


समायोजनपछि कर्मचारी पुनः संघमा आउन सक्ने प्रस्ताव

काठमाडौँ, २२ जेठ (रासस) ः संघबाट कर्मचारी समायोजन गरी प्रदेश तथा स्थानीय तहमा पठाए पनि बढुवा नभएको अवस्थामा पुनः संघमा आउनसक्ने व्यवस्था गर्न लागिएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती कर्मचारीको विधेयकमा यस्तो प्रस्ताव गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी अंश →


सुन तस्करी नियन्त्रणमा चिनियाँ पक्षसँग सहयोग माग

काठमाडौँ, २२ जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालीममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि चिनियाँ राजदूतसँग आग्रह गर्नुभएको छ । नेपालका लागि चीनका राजदूत यु होङसँग गृह मन्त्रालयमा भएको भेटमा उहाँले गृहमन्त्रीले नेपाल चीन नाकाबाट...बाँकी अंश →


राष्ट्रपतिबाट वृक्षरोपण

काठमाडौँ, २२ जेठ (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवास परिसरमा वृक्षरोपण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज सो परिसरमा जापानी बिरुवा जिन्को भायोला रोप्नुभएको हो । उहाँले आजै दिवसका अवसरमा “प्रकृतिको अमूल्य उपहार धर्ती सिँगारौँ, निर्मल आकाश सुरक्षित गरौँ । प्राकृतिक सम्पदाको...बाँकी अंश →


نعت

کیوں نہ اِس راہ کا ایک ایک ہو ذرّہ روشن جب ہے سرکارؐ کا ہر نقشِ کفِ پا روشن جس کو حاصل ہو رضا اور شفاعت اُنؐ کی ہے اُسی شخص کی قسمت کا ستارا روشن آپؐ آئے ہیں اندھیروں کو مٹانے کے لیے کیوں نہ ہو آپؐ کا ہر...बाँकी अंश →


‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

काठमाडौँ, २२, जेठ (रासस) ः स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित सञ्चालन हुने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई सघाउन नेपालले राखेको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक देखिएको छ । संगठनको १०७ औंँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा स्वीट्जरल्याण्डको जेनेभामा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले संगठनका महानिर्देशक गाय राइडरलाई आज भेटी सो...बाँकी अंश →


सडक विभागको स्वामित्वमा आएको ४० वर्षपछि किचलो

बुटवल, २२ जेठ (रासस) ः बुटवल बजारको मध्यभागमा रहेको सिद्धार्थ राजमार्ग क्षेत्रको सडक विस्तारका लागि कायम गर्नुपर्ने क्षेत्र चारदशक अघिदेखि नै सडक विभागको स्वामित्व कायम भएको पाइएको छ । सडक विभागले २०३४ असार २० गतेको निर्णय बमोजिम सडक विस्तारका लागि आवश्यक पर्ने सडकको दुवैतर्फ २५÷२५ मिटर जग्गा अधिग्रहण गरी विभागको...बाँकी अंश →


लोकसेवा आयोगः तीनवर्षीय रणनीतिक योजना

काठमाडौँ, २२ जेठ (रासस) ः लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ । करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी...बाँकी अंश →


संसारकै गहिरो खोँच क्षेत्रमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सपना

काठमाडौँ, २२ जेठ ९रासस० ः सरकारले आगामी आर्थिक वर्षको बजेटमा कालीगण्डकी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्ने विषयलाई समावेश गरेपछि सो आयोजनाको बारेमा चासो शुरु भएको छ । बागलुङ र पर्वतको सीमा भएर बग्ने कालीगण्डकी नदीमा करीब एक हजार ५०० मेगावाट क्षमताको जलाशययुक्त आयोजना निर्माण हुने, कृषि, पर्यटन प्रवद्र्धनमा समेत सहयोग...बाँकी अंश →


जीवनभरको कमाइ समाजसेवामा

बागलुङ, २२ जेठ (रासस) ः लामा सेतै फुलेका दाह्रीजुँगा, बुढ्यौली झल्कने अनुहार, पुराना लुगाले छोपिएको शरीर, ठेला परेका हत्लेका र पैताला, एक जोर पुराना चप्पल देख्दा जीवनको उत्तरार्धमा पुगिसक्नुभएका होमबहादुर क्षेत्री धेरै काम गर्न सक्नुहुन्न तर ६८ वर्षीय क्षेत्रीको लेखाजोखा एकै हेराइमा गर्न खोजियो भने त्यो गलत हुन्छ । नौ...बाँकी अंश →


वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण छः प्रम

काठमाडौँ, २२ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरणीय संरक्षणमा नेपालको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । विश्व वातावरणीय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालले ४५ प्रतिशत वन क्षेत्र राखेर विश्व पर्यावरणीय क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै विश्वका सबै देशलाई आफ्नो हैसियतअनुसार योगदान गर्न आह्वान गर्नुभयो ।...बाँकी अंश →


सिरहामा मानवअधिकार सञ्जाल

लहान, २२ जेठ (रासस) ः मानवाधिकारसँग जोडिएका घटनालाई उजागर गरी प्रभावकारी ढंगले सामाजिक न्याय स्थापित गराउने उद्देश्यले सिरहामा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ । सिरहाको लहानमा तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) को पहलमा सम्पन्न भेलाले चन्दनकुमार कर्णको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालका सहसंयोजकमा रिक्मा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter