०६ चैत २०८२

समाचार

सबैले गम्भीरतापूर्वक सोचौं

नेपालका दुइ प्रमुख 'कम्युनिष्ट' घटक एमाले र माओवादी केन्द्रको आपसी विलय समकालीन नेपाली राजनीतिको एउटा निकै महत्वपूर्ण विषय हो।यसलाई कसैले पनि केही हैन भनेर नकार्न मिल्दैन। यो विषयमा आगामी केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा हुने नै छ।मार्क्सीय दर्शनमा आधारित वैकल्पिक राजनीतिक आन्दोलनको एक अभियन्ताको नाताले यसबारे केही प्रारम्भिक...बाँकी अंश →


‘बेथितिको जालो’ सार्वजनिक

काठमाडौँ, २४ जेठ (रासस)ः राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालो ः सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक आज विमोचन गरिएको छ । पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेको उक्त पुस्तक यहाँ आज आयोजित कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पत्रकार शरच्चन्द्र बस्ती र ट्रान्सपरेन्सी इन्टरनेशनल...बाँकी अंश →


९ आयोजनाका ६ निर्माण कम्पनीको विवरण मन्त्रालयमा

भक्तपुर, २४ जेठ(रासस)ः जिल्लामा सञ्चालित विभिन्न विकासनिर्माण समयमा सम्पन्न नगर्ने नौ आयोजनाका छ निर्माण कम्पनीको विवरण जिल्ला प्रशासन कार्यालय भक्तपुरले गृह मन्त्रालयमा पठाएको छ । विवरणमा एकै निर्माण व्यवसायीका तीन आयोजनासम्म समयमा सम्पन्न नभएको देखिएको छ । सूर्यविनायक –७ गुण्डुका निर्माण व्यवसायी दीपक राना मगरका तीन आयोजना अधूरो देखिएको छ...बाँकी अंश →


माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

काठमाडौँ, २४ जेठ (रासस) ः माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ । बोर्डले...बाँकी अंश →


कानून संशोधन गरेर लगानी गर्न आग्रह

काठमाडौँ, २४ जेठ (रासस) ः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’ को आज काठमाडौँमा उद्घाटन गर्दै संकलन भएका रकमलाई उत्पादकत्व वृद्धिमा लगानी गरी रोजगारी सिर्जना गर्न बचत तथा ऋण...बाँकी अंश →


एड्भान्स हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया

दमक, २४ जेठ (रासस) ः यहाँस्थित दमकको एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलमा पहिलोपटक हाडजोर्नीको सफल शल्यक्रिया गरिएको छ । हाडजोर्नीमा जटिल किसिमको यसखाले शल्यक्रिया करीब पाँच घण्टा लगाएर सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत जेठ १८ गते मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्टा भाँचिएका झापा, कमल गाउँपालिका–५ का प्रकाश गुरुङको...बाँकी अंश →


दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, २४ जेठ (रासस) ः बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४७ बिन्दुले घटेको छ । आज कूल १६६ कम्पनीको...बाँकी अंश →


‘हेलो मुख्यमन्त्री’ हटलाइन सेवा शुभारम्भ

सुर्खेत, २४ जेठ (रासस) ः कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजबाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गर्नुभयो । हेलो कार्यक्रममा सार्कीले आफ्नी...बाँकी अंश →


आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

जाजरकोट, २४ जेठ (रासस) ः यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । सिँचाइ सुविधा नभएका कारण यहाँका किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हुन् । भिरालो जमीनमा...बाँकी अंश →


एकचालीस राहदानीसहित विक पक्राउ

काठमाडौँ, २४ जेठ (रासस) ः महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट ४१ राहदानीसहित होटल सञ्चालक प्रेमबहादुर विकलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रभागका प्रमुख मोहनविक्रम केसीले...बाँकी अंश →


नेकपालाई दर्ता प्रमाणपत्र प्रदान

काठमाडौँ, २४ जेठ (रासस) ः निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र आज पार्टीका महासचिव विष्णु पौडेललाई प्रदान गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव पौडेललाई प्रदान गर्नुभएको हो । पार्टी दर्ता भएको प्रमाणपत्र...बाँकी अंश →


मझौला व्यवसाय आर्थिक विकासको आधार ः अध्यक्ष दाहाल

काठमाडौँ, २४ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter