डडेल्धुरा, २७ जेठ (रासस) ः समुद्री सतहबाट दुई हजार मिटर बढी उचाइमा रहेको गन्यापताललाई पर्यटकीय स्थलका रूपमा विकास गरिने भएको छ ।तालक्षेत्र संरक्षण र संवद्र्र्धनका लागि अहिले गन्यापधुरा गाउँपालिका जुटिरहेको छ । एक टोली गन्यापताल पुगी सम्भाव्यता अध्ययन गरेको गाउँपालिकाले जनाएको छ । माहाभारत लेकको टाकुरोमा अवस्थित उक्त ताल झण्डै...बाँकी अंश →
काठमाडौँ, २७ जेठ (रासस) ः गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई प्रभावकारी...बाँकी अंश →
पर्सा, २७ जेठ (रासस) ः रेल सेवा पुगेको नेपालको एक मात्र वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्मको दश महिनामा उक्त कार्यालयले रु २१ अर्ब ५९ करोड एक लाख राजश्व संकलन...बाँकी अंश →
महेन्द्रनगर, धनुषा, २७ जेठ (रासस) ः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताउनुभएको छ । उहाँले सरकारमै जान पार्टी बनेको भन्नुहुँदै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताउनुभयो । राजनीतिक समितिको बैठक टारेर जनकपुर आउनुभएका संयोजक ठाकुरले विमानस्थलमा आज...बाँकी अंश →
पोखरा, २७ जेठ (रासस) ः प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताउनुभएको छ । गरिबी निवारण कोषद्वारा आज यहाँ आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका लागि स्थानीय सरकारहरूसँग प्रदेशस्तरीय अन्तक्र्रिया’ विषयक कार्यक्रमको उद्घाटन समारोहमा उहाँले गरिबीलाई जरैदेखि उन्मूलन गर्नु आवश्यक भएको बताउनुभयो ।...बाँकी अंश →
काठमाडौँ, २७ जेठ (रासस) ः संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभामा राष्ट्रिय दलले पाउने सेवा सुविधा पाउने भएका छन् । राष्ट्रियसभाको नयाँ नियमावलीमा उक्त दललाई पनि राष्ट्रिय दलको रुपमा राख्ने सहमति भएको राष्ट्रियसभाका अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिनुभयो । यी दुवै दलका दुई÷दुईजना...बाँकी अंश →
ललितपुर, २७ जेठ (रासस) ः जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । दुर्गम जिल्लाका धेरै ठाउँमा पहिरोको जोखिम रहेको विभागका उपमहानिर्देशक प्रदीप थापाले बताउनुभयो । खुकुलो माटो भएका ठाउँमा बाटो खन्दा वर्षामा आउने पहिरोले स्थानीयवासी हैरान छन् । उहाँले भन्नुभयो, “प्राविधिक अध्ययनका आधारमा चट्टान कडा भएका ठाउँमा...बाँकी अंश →
विराटनगर, २७ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एक भएको बताउनुभएको छ । उद्योग संगठन मोरङ स्वर्ण जयन्ती समापन समारोह एवं ४६औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा...बाँकी अंश →
लहान, २७ जेठ (रासस) ः पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण...बाँकी अंश →
काठमाडौँ, २७ जेठ (रासस) ः सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले प्रहरी...बाँकी अंश →
गाईघाट, उदयपुर, २७ जेठ (रासस) ः उदयपुर जिल्लाको पूर्वी व्यापारिक केन्द्रका रुपमा रहँदै आएको चौदण्डी गढी नगरपालिकास्थित बेल्टार बजारमा बसपार्कको नाममा जग्गा नभएका कारण यहाँ सञ्चालन हुने सवारी साधन अस्तव्यस्त थियो । विसं २०५४ देखि बेल्टार बजार क्षेत्रबाट अन्यत्र क्षेत्रसम्म आवतजावत गर्न औपचारिकरुपमा यातायातका साधन सञ्चालन भए पनि स्थायी बसपार्क...बाँकी अंश →
काठमाडौँ, २७ जेठ (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक—२०७५ को विभिन्न मन्त्रालयका विविध शीर्षकको छलफल स्थगित भएको छ । छलफलका लागि आवश्यक तयारी पूरा नभएको भन्दै सभामुख कृष्णबहादुर महराले आजको बैठकका लागि राखिएको विषयसूचीमा रहेका सम्पूर्ण विषय हटाउनुभएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: