०६ चैत २०८२

समाचार

प्रदेश नं २ ः नीति तथा कार्यक्रम पारित

महेन्द्रनगर, धनुषा २८ जेठ (रासस) ः प्रदेश नं २ मा प्रदेश सरकारको आव २०७५। ०७६को नीति तथा कार्यक्रमसहित दुई विधेयक आज सर्वसम्मतले पारित भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि सात जनाले संशोधन प्रस्ताव दर्ता गराए पनि सबैले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी,...बाँकी अंश →


नगरपालिका प्रमुखको तलब मासिक रु ३५ हजार

बुटवल, २८ जेठ (रासस) ः प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु्भएको छ । प्रदेशसभाको जेठ १६ गते बसेको बैठकले विधेयक पारित गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दवाडीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।...बाँकी अंश →


राससकर्मी दर्नालसहित आठ पत्रकारलाई ‘बालसंवेदनशील पत्रकारिता पुरस्कार’

काठमाडौँ, २८ जेठ (रासस) ः राष्ट्रिय समाचार समितिका पत्रकार सुशील दर्नालसहित आठ पत्रकार पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट छापामाध्यमका तर्फबाट राससकर्मी दर्नाल पुरस्कृत हुनुभएको हो । आज बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय...बाँकी अंश →


अमेरिकी दूतावासद्वारा सञ्चार तथा द्वन्द्व समाधानसम्बन्धी तालिम शुरु

काठमाडौँ, २८ जेठ ९रासस० ः अमेरिकी दूतावासले नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्तरसांस्कृतिक सञ्चार तथा नेतृत्व विकास तालिमको शृङ्खलाको थालनी गरेको छ । यस तालिमपछि वर्तमान तथा भावी शान्ति सेनामा सहभागी हुने नेपालीलाई आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारीमा सफल हुनका लागि आवश्यक अंग्रेजी भाषा सीप,...बाँकी अंश →


राजपा सरकारमा जाने विषयमा छलफल

काठमाडौँ, २८ जेठ (रासस) ः राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले राजपा सरकारमा जाने विषयमा राजपा र सरकारबीच संवाद जारी रहेको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँले संविधान संशोधनमा सरकारले सकारात्मक सन्देश दिए पनि राजपाका सभासद् रेशम चौधरीलाई शपथ गराउने र कारागारबाट छुटाउने विषयमा कुनै प्रगति नभएकाले सरकारमा...बाँकी अंश →


प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

बुटवल, २८ जेठ (रासस) ः प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख झाबाट आज विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार...बाँकी अंश →


कानून बनाएर आवासविहीनको व्यवस्थापन गरिने ः मन्त्री राई

काठमाडौँ, २८ जेठ (रासस) ः शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताउनुभएको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले...बाँकी अंश →


सामुदायिक होमस्टेलाई दुई करोड ५० लाख अनुदान

काठमाडौँ, २८ जेठ (रासस) ः समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम) सञ्जाल ‘कम्युनिटी होमस्टे नेटवर्क’ ले रु दुई करोड ५० लाखभन्दा बढीको अन्तर्राष्ट्रिय अनुदान पाएको छ । दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात् गरी नेपालमा सञ्चालित संस्थालाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी–बुकिङ डटकमले...बाँकी अंश →


दूध डेरी मा कृषि मंत्री को छापा

२८ जेठ, काठमाडौं : केयर खबर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक र मन्त्रालयका कर्मचारी सहितको टोलीले बालाजु औद्योगिक क्षेत्र भित्र रहेका तीन र बाहिर रहेको एउटा दुध डेरीमा सोमबार छापा मार्यो । औद्योगिक क्षेत्र भित्रका आधुनिक डेरी...बाँकी अंश →


विमानस्थल गौचरन बन्दै

दाङ, २८ जेठ (रासस) ः यहाँको विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् । विसं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा २०१६ सालदेखि नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै...बाँकी अंश →


सुन्ने र नसुन्ने विद्यार्थी मिलेर पढ्छन् बहिरा विद्यालयमा

बागलुङ, २८ जेठ (रासस) ः जन्मजात कान नसुन्ने मुुगुका भानुभक्त रोकाया गत दुई वर्षदेखि धवलागिरि बहिरा विद्यालयमा प्राविधिक शिक्षातर्फको डिप्लोमा कोर्स पढिरहेका छन् । विराट बहिरा विद्यालय, मोरङबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० पूरा गरेपछि थप पढाइ कहाँ गर्ने भन्ने अन्योलमा परेका टुहुरा विद्यार्थी रोकाया बागलुङसम्म आएर पढ्न पाएकामा खुशी...बाँकी अंश →


किसान आलु खेतीतर्फ आकर्षित

डडेल्धुरा, २८ जेठ (रासस) ः विगतमा परम्परागत रूपमा धान र मकै लगाउने कृषक अहिले आलुलाई मुख्य बालीका रूपमा लगाउन थालेका छन् । परम्परागत रुपमा लगाइने मकै र धान खेती जगंली जनावरले नष्ट पार्नाका साथै न्यून आम्दानी हुन थालेपछि उनीहरुले आलुलाई मुख्य बालीका रुपमा लिन थालेका छन् । जिल्लाका कृषकका लागि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter