शनिबार, २२ बैशाख २०८१

दूध डेरी मा कृषि मंत्री को छापा

बोम लाल गिरि

२८ जेष्ठ २०७५, सोमबार १५:५१ मा प्रकाशित

२८ जेठ, काठमाडौं : केयर खबर
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक र मन्त्रालयका कर्मचारी सहितको टोलीले बालाजु औद्योगिक क्षेत्र भित्र रहेका तीन र बाहिर रहेको एउटा दुध डेरीमा सोमबार छापा मार्यो ।
औद्योगिक क्षेत्र भित्रका आधुनिक डेरी प्रोडक्ट लि., सामुहिक कृषक लिमिटेलको सुलभ दुध, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) औद्योगिक क्षेत्र बाहिरको पुष्प डेरी फार्ममा छापा मारेको ।
आधुनिक डेरीका ३ र पुष्प डेरीको १ गरी ४ वटा गोदाममा सिल्बन्दी गरियो ।
कैफियत के ?
दूध बनाउन प्रयोग गरिएको पाउडरको म्याद नखुलेको
दूध उत्पादन प्रणाली अवैज्ञानिक भएको तथा सरसफाइमा पर्याप्त ध्यान नदिइएको
असल उत्पादन प्रणाली प्रयोग गर्नुपर्ने भए पनि आधुनिक डेरी प्रोडक्टले त्यसो नगरेको
दूधजस्तो संवदेनशील पदार्थको उत्पादनमा डेरीहरूले पर्याप्त ध्यान नपुर्याएको ।

मन्त्रीको प्रतिकृया
खाद्य सम्प्रभुता ऐन अन्तिम अवस्थामा जाँदै गर्दा जनताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको,
सरसफाइ कुनै पनि मापदण्ड नपुरयाएको, लेवल नभएको पाउडर प्रयोग गरेको, उत्पादन मिति र सकिएको मिति नभएको पाइयो । यो हेर्दा पुरै सिलगर्ने अवस्थामा छन् । नियमनकारी निकाय कहाँ चुक्यो त्यसको पनि कडाईका साथ अनुगमन नहुने हो भने हालत खराव हुन्छ ।नियमनकारी निकाय आँखा चिम्लेर बस्नु दुखद कुरा हो । हामीले यस्तै खाने हो कि के गर्ने हो मन्त्री परिषद्मा प्रस्ताव लैजान्छु, प्रधानमन्त्रीसँग पनि कुरा गर्छु । कुनै पनि मापदण्ड पुरा नगरेका यस्ता डेरीलाई के गर्ने गम्भीर छलफल हुन्छ । अहिलेका नियमलाई प्रभावकारी बनाएर वा आवश्यक परे थप नियम बनाएर भएपनि यसलाई नियन्त्रण गरिन्छ ।
डिडिसी बारे
विराटनगर पनि अनुगमन गरेको थिए । त्यहाँभन्दा अलि बढी मेन्टेन गर्न कोसिस गरेको पाइयो । राज्यले सञ्चालन गरेको पुरानो संस्था हो । डेनमार्कमा शुरु गरेको पनि ५० वर्ष भएको छ । ५० वर्ष अघिको प्रविधि र अहिले जति नै मेन्टेन गरेपनि पुग्दैन । अहिले जसरी जेनतेन चलिरहेको छ । यसलाई अब्बल बनाउने कोसिस त गर्नु पर्छ तर धेरै पुरानो भएको छ । त्यसबारे यसबारे सोच्नै पर्छ । हाम्रा संरचना पनि जिर्ण भइसकेका छन् । तर डिडिस होस् वा अरु कुनै पनि प्राइभेट सेक्टर, जनताको स्वास्थ्यसँग सम्झौता हुँदैन । यहाँको प्रयोगशालामा परिक्षण गरिरहेको र सबै ठिक छ भन्ने रिपोर्ट दिनुभएको छ । तर त्यसलाई मात्र हामी विश्वास गर्दैनौं । हामी पुनः परिक्षण गछौं ।
३० वटा दुधका स्याम्पल कलेक्शन गरी प्रयोगशालामा
कृषि मन्त्रालयको टोलीले बिहान ४ बजेदेखि नै राजधानीका विभिन्न ठाउँबाट काठमाडौंमा वितरण भइरहेका ३० वटा उद्योगका दुधका स्पाम्पल संकलन गरेको छ ।
ती दुधको गुणस्तर परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको छ ।
जतिबेला पनि अनुगमन हुन्छ । चुस्त दुरुस्त भएन भने कार्वाही हुन्छ ।
मन्त्री खनालले आजै त्यसको रिपोर्ट दिन निर्देशन दिइसकेका छन् । र रिपोर्ट ठिक नभएको पाइएमा भोलीदेखि नै एक्शन शुरु हुने बताएका छन् ।
उनले कर्मचारीहरुलाई अभियानकै रुपमा लैजान निर्देशन दिँदै जहाँ समस्या हुन्छ त्यसबारे आफूलाई जानकारी गराउन पनि आग्रह गरेका छन् ।
यसअघि मन्त्री खनालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरी व्यापारीहरुको वर्गिाकरण गरेका थिए । जसअनुसार ९९ जना व्यापारी रातो लिष्टमा परेका छन् । उनीहरुलाई इजाजत पत्र खारेज गर्न नपर्ने कारणसहित ७ दिन भित्र लिखित जवाफ सहित उपस्थित हुन निर्देशन दिइएको छ । उक्ता समय गत आइतबारदेखि शुरु भएको छ ।
३० वटा स्पाम्पलको रिपोर्ट आजै आउने भएकाले कति फेल भए कति पास, फलो गर्नु होला ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter