०६ चैत २०८२

समाचार

कपिलवस्तुमा ईदुल फित्र (ईद) धुमधामका साथ मनाए

कपिलवस्तु २ असार । केयर खबर :  मुस्लिम समुदायको महान तथा पवित्र पर्व ईदुल फित्र (ईद) आज कपिलवस्तुमा धुमधामका साथ मनाएका छन । मुस्लिम समुदायका व्यक्तित्वहरु कपिलवस्तुमा रहेको सम्पूर्ण ईदगाहमा गइ नमाज पढ्नुका साथसाथै एक आपसमा शुभकामना साटासाट गर्दै ईद पर्व मनाएका छन । ईदका दिन ब्रतालुहरु विहानै नजिकको मस्जिद र...बाँकी अंश →


सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु

बाबियाचौर, म्याग्दी, ३ असार (रासस) ः म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भूगर्वविद् र प्राविधिक टोली परिचालन भएको हो ।...बाँकी अंश →


त्रिभुवन राजपथ सञ्चालन, कुलेखानी सडक अवरुद्ध

हेटौँडा, ३ असार (रासस) ः त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए...बाँकी अंश →


एक स्थानीय तह, एक औद्योगिक ग्राम

पोखरा, ३ असार (रासस) ः प्रदेश नं ४ मा संघ र स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह र एक औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार प्रस्तुत गर्नुभएको आव २०७५÷७६ को बजेट बक्तव्यमा एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना गर्न...बाँकी अंश →


कर्णाली प्रदेश सरकारको प्राथमिकतामा सडक र विद्युत््

सुर्खेत, ३ असार (रासस) ः कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटमा सडक र विद्युत्लाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले नागरिकलाई राज्यको हरेक सेवासुविधाको पहुँचमा ल्याउने प्रमुख आधार सडक र विद्युत्लाई ठहर गर्दै यसमा प्राथमिकता दिएको हो । प्रत्येक सार्वजनिक कार्यक्रममा कर्णालीका गाउँगाउँसम्म सडक नपु¥याउन्जेल नागरिकले...बाँकी अंश →


दाङमा साढे पाँच हजार मोतिविन्दुका बिरामी

दाङ, ३ असार (रासस) ः जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा न्यून दृष्टियुक्त व्यक्ति निवारणका...बाँकी अंश →


धवलागिरिका ८० ठाउँमा ‘थ्रिजी’ सेवा

बागलुङ, ३ असार (रासस) ः धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ । गत वर्ष जम्मा २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा थियो । सबैभन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले...बाँकी अंश →


नेपाल–स्विट्जरल्याण्ड परामर्श बैठक सम्पन्न

काठमाडौँ, २ असार (रासस) ः नेपाल र स्विट्जरल्याण्डका परराष्ट्र मन्त्रालयबीच दोस्रो द्विपक्षीय परामर्श बैठक स्विट्जरल्याण्डको राजधानी वर्नमा बिहीबार सम्पन्न भयो । जेनेभास्थित नेपाली दूतावासद्वारा प्रकाशित प्रेस विज्ञप्तिका अनुसार बैठकमा दुवै पक्षले द्विपक्षीय सम्बन्धका सबै पक्षमा समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन तथा वाणिज्य सहयोगका क्षेत्रको सम्भाव्यताबारे छलफल गरेका थिए ।...बाँकी अंश →


स्थायी कमिटी बैठकमा चीन भ्रमणबारे जानकारी

काठमाडौँ, २ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ । बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो भ्रमण फलदायी र ऐतिहासिक हुने अपेक्षासहित जानकारी गराउनुभएको हो । प्रधानमन्त्री ओली यही असार ५ गते छिमेकी चीनको भ्रमणमा...बाँकी अंश →


इतिहासकै शक्तिशाली सरकारसँग संविधान संशोधनको आशा ः नेता महतो

महेन्द्रनगर, धनुषा, २ असार ९रासस० ः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताउनुभएको छ । नेता महतोले भन्नुभयो, “संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार छ, अब हेरौँ बल सरकारको कोर्टमा छ, यसमा कस्तो गोल हान्ने...बाँकी अंश →


सर्वसत्तावादविरुद्धको अभियान वर्तमान नेतृत्वबाट हँुदैन ः डा कोइराला

काठमाडौँ, २ असार (रासस) ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले दुई तिहाइ बहुमतको आडमा नेकपाले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस पाल्पा–काठमाडाँै सम्पर्क समितिको तेस्रो अधिवेशन समारोहमा उहाँले अदालत र प्रेसमाथि आक्रमण गरी वामपन्थीहरुले मुलुकलाई सर्वसत्तावादतर्फ उन्मुख गरेको धारणा व्यक्त गर्नुभयो । नेपाली काँग्रेसको अहिलेको...बाँकी अंश →


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ ः मन्त्री पण्डित

पोखरा, २ असार (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माणमा गम्भीर रहेको बताउनुभयो । निर्माणका बारेमा विभागीय मन्त्रीसँग समेत पोखरा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter