शनिबार, २२ बैशाख २०८१

कपिलवस्तुमा ईदुल फित्र (ईद) धुमधामका साथ मनाए

इमरान खान

३ असार २०७५, आईतवार ११:५४ मा प्रकाशित

कपिलवस्तु २ असार । केयर खबर :  मुस्लिम समुदायको महान तथा पवित्र पर्व ईदुल फित्र (ईद) आज कपिलवस्तुमा धुमधामका साथ मनाएका छन । मुस्लिम समुदायका व्यक्तित्वहरु कपिलवस्तुमा रहेको सम्पूर्ण ईदगाहमा गइ नमाज पढ्नुका साथसाथै एक आपसमा शुभकामना साटासाट गर्दै ईद पर्व मनाएका छन । ईदका दिन ब्रतालुहरु विहानै नजिकको मस्जिद र ईदगाहमा गई सामूहिक रुपमा नमाज पढेर आफू वा आफ्नो परिवारबाट भएको सबै गल्तीको क्षमायाचना गर्दै अल्लाहसंग प्रथना(दुवा) मागछन । त्यसपछि एक आपसमा अंकमाल गरी बर्षौको रिसहरु बिस्रि शुभकामना आदानप्रदान गर्ने गर्दछन । ईदका दिन सेबई र अरु मिठो परिकारहरु खाने र खुवाउने चलन छ । करिव एक महिनाको कडा उपासनापछि शुक्रबार साँझ इदको चाँद हेरी आज नजिकको मस्जिद र ईदगाहमा पुगेर ईदको नमाज पढेका छन । विश्वमा भैरहेको नरसंहर बन्द होस सबैमा मानवता आओस भन्दै अल्लाह सग दुवा मागेर इद पर्व मनाइएको छ । नेपालका मुस्लीमहरुले आज विहान ८ ः ३० बजे ईदको नामाज पढदै ईद मुबारक (शुभकामना) आदन प्रदान गर्दै नेपालमा अमन चयनको कामना गर्दै मनाएका छन । नामाज पढना भेला भएको मुस्लीम अगुवाहरुले सरकारले ईदको विदा कटौती गरको भन्दै सरकारको अलोचना समेत गरेका थिए । उनीहरुले सरकार हाम्रो अधिकार प्रती उदासिन भएको भन्द्र अलोचना गरेका थिए । पहिलेको सरकारले दिएको विदा समेत केपीवलीको सरकारले काटीदिएको भन्दै असन्तृष्टी व्यक्त गरेका थिए । देशभरका ईस्लाम धर्मावलम्वीहरु सगै कपिलवस्तुका मुस्लिमहरुले समेत धुमधामको साथ महान चाड पर्ब ईद मनाएका छन । मुस्लीम समुदायका महिला र पुरुषहरु मस्जिद तथा ईदगाहमा जम्मा भएर ईद मिलनको खुशी साटासाट गरेका छन ।महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धि आओस् नमाज पाठ गरी अल्लाहसंग दुवा मागेका थिए । यस खुशियाली अवसरमा बामगठबन्धनका कपिलवस्तु क्षेत्र नं. २ का सांसद बृजेश कुमार गुप्ता , उपमेयर लक्ष्मी कसौधन लगायतका नेताहरु उपस्थित भई शुभकामना दिएका थिए तथा नेपाली काग्रेसका नेता सुधाकार पाण्डे उपस्थित भई शुभकामनाका दिनुका साथै उहाँले यस बिदा कटौतीको घोर निन्दा गर्दै भने हाम्रा सरकारले जति सबैको लागि गरेको कार्यमा यस बामगठबन्धनका सरकारले सबै खारेज गर्न लागेको अरोप समेत लगाएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter