०६ चैत २०८२

समाचार

मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ

वीरगञ्ज, ८ असार (रासस) ः राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ । मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो रातिदेखि हिरासतमा लिई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताउनुभयो । उहाँलाई हाल नख्खु जेलमा राखिएको...बाँकी अंश →


करोडौँ रुपैयाँ लिएर व्यापारी फरार

वीरगञ्ज, ८ असार (रासस) ः बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेका छन । मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि...बाँकी अंश →


प्रधानमन्त्री ल्हासामा

विशेष प्रतिनिधि हरि लामिछाने) ल्हासा, चीन, ८ असार (रासस) ः चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट आज ल्हासा आइपुग्नुभएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तक्र्रिया गर्नुका साथै पोताला...बाँकी अंश →


सगरमाथा आरोही श्रेष्ठ र महर्जनलाई सम्मान

काठमाडौँ, ८ असार (रासस)ः सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ र कल्पना महर्जनलाई आज सम्मान गरिएको छ । कीर्तिपुर नगरपालिका र नेवाः पत्रकार राष्ट्रिय दवुले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा आरोही श्रेष्ठ र महर्जनलाई दोसल्ला ओढाएर सम्मानपत्र दिइएको छ । आरोही श्रेष्ठले करीब तीन महिना र महर्जनले करिब दुई महिना...बाँकी अंश →


खुकुरी प्रहार गरी हत्या प्रयास

लहान, ८ असार (रासस) ः सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि आज बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच÷छ जनाको समूहले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । ती समूहको आक्रमणमा परी गम्भीर घाइते भएका यादवको...बाँकी अंश →


रामपुरमा इञ्जिनियरिङ कलेज सञ्चालन हुने

चितवन, ८ असार (रासस) ः त्रिभुवन विश्वविद्यालय (त्रिविवि) र भरतपुर महानगरपालिकाबीच सहकार्य गरेर रामपुरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी थालिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले त्रिविको कृषि क्याम्पस सञ्चालन गरिएको स्थान कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) लाई दिएपछि बाँकी रहने करीब ४० बिगाहा जग्गामा इन्जिनियरिङ...बाँकी अंश →


नेपाल–चीन संयुक्त वक्तव्य

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’ (विशेष प्रतिनिधि हरि लामिछाने) बेइजिङ, ८ असार (रासस) ः नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र...बाँकी अंश →


विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा

नवलपरासी, ८ असार (रासस) ः पूर्वी नवलपरासीको हुम्सेकोट गाउँपालिकामा उज्यालो हुम्सेकोट विद्युतीकरण विकास कार्यक्रम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको चालू आर्थिक वर्ष ०७४÷०७५ मा विनियोजित करीब रु ८० लाखको लागतमा गाउँपालिकाअन्तर्गतका राष्ट्रिय प्रशारणको बिजुली नपुगेका स्थानमा विद्युतीकरण विस्तारका लागि सञ्चालन गरिएको आयोजना अन्तिम चरणमा पुगेको हो । जसअन्तर्गत रुम्सी,...बाँकी अंश →


विद्युत् चोरी गर्ने १६ जनाबाट जरिवाना असुल

राजविराज, ८ असार (रासस) ः जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियानअन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाबाट पोलमा विद्युत् हुकिङ गरिरहेका १६ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले...बाँकी अंश →


फुस्रेखोलादेखि देउरालीसम्मको पक्की सडक निर्माण शुरु

पोखरा, ८ असार (रासस) ः पोखरा महानगरपालिका–२१ स्थित फुस्रेखोलादेखि रामदी मट्टीखान देउरालीसम्म पक्की सडक निर्माण कार्य शुरु भएको छ । सडकको लगभग १३ किलोमिटरमा एकतर्फी र तीन किमीमा दोहोरो नालासहितको १६ किलोमिटर लम्बाइ र नौ मिटर चौडाइको सो बाटो नेपाल सरकारको रु ३२ करोडको लागतमा निर्माण गरिने भएको हो ।...बाँकी अंश →


छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

इनरुवा, ८ असार (रासस) ः सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेजनारायण मेहताका ११ वर्षीय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गाउँपालिकाको भित्री सडकमा को...बाँकी अंश →


प्रम रात्रिभोजमा

बेजिङ, चीन, ७ असार । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा चिनियाँ समकक्षी लि खछ्याङले आज ग्रेट हल अफ द पिपलको वेष्ट हलमा रात्रिभोजको आयोजना गर्नुभएको छ । सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो । प्रधानमन्त्री ओली शुक्रबार बिहान चीनको स्वशासित प्रदेश ल्हासा प्रस्थान गर्ने कार्यक्रम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter