बिहिबार, ०३ जेठ २०८१

प्रम रात्रिभोजमा

७ असार २०७५, बिहीबार २३:१८ मा प्रकाशित

बेजिङ, चीन, ७ असार । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा चिनियाँ समकक्षी लि खछ्याङले आज ग्रेट हल अफ द पिपलको वेष्ट हलमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।
सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो । प्रधानमन्त्री ओली शुक्रबार बिहान चीनको स्वशासित प्रदेश ल्हासा प्रस्थान गर्ने कार्यक्रम छ । ल्हासामा उहाँले नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter