०७ चैत २०८२

समाचार

प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुने

काठमाडौँ, १५ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम छ । बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनुहुनेछ ।...बाँकी अंश →


किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा

सुरुङ्गा, झापा १५ असार (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताउनुभएको छ । झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो । किसानलाई सहयोग गर्न राज्य...बाँकी अंश →


प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्युु

रौतहट, १५ असार (रासस) ः जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । स्थानीय राजदेवी नगरपालिका वडा नंं. ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।...बाँकी अंश →


खप्तडमा विद्युत् बाल्ने तयारी

अछाम, १५ असार (रासस) ः साँफेबगर नगरपालिका–१२ खप्तडमा निर्माणाधीन ५२ किलोवाट खप्तड लघुजविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र, साँफेबगर नगरपालिका, खप्तडको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा काम अगाडि बढेको हो । साँफेबगर नगरपालिकाको रु ८ लाख, खप्तड वडा कार्यालयको रु ७ लाख र वैकल्पिक...बाँकी अंश →


नेपाल युथ नेटवोर्क द्वारा मानवअधिकार शिक्षा बारे अभियान सञ्चालन

नेपाल यूथ नेटवर्क एमनेस्टी नेपाललेअसाढ़ १४ मानवअधिकारको बारेमा बिद्यार्थीहरू माझ जागरूकता फैलाउने उद्देश्यले शैक्षिक अभियान सम्बन्धि तालिम सञ्चालन गरेको छ । नेपाल ल क्याम्पस काठमाण्डौमा सञ्चालन भएको कार्यक्रममा बिश्व स्तरमा मानव अधिकारको अवस्था तथा मानिसलाई नैसर्गिक रुपमा रहेको अधिकारको सुनिश्चितता बारे छलफल भएको छ । कार्यक्रममा नेपाल यूथ नेटवोर्कका अध्यक्ष...बाँकी अंश →


सार्क प्रवेशाज्ञासम्बन्धी बैठक

काठमाडौँ, १४ असार (रासस) ः दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मुलुकका अध्यागमन निकायका प्रतिनिधि र प्रवेशाज्ञासम्बन्धी विज्ञहरुको कोर ग्रुपको आज काठमाडौँमा सम्पन्न बैठकले यस क्षेत्रको प्रवेशाज्ञारहित योजना र यसको सुरक्षा सफ्टवेर विकासबारे छलफल गरेको छ । बैठकमा सार्कका महासचिव अहमद हुसेनले यस क्षेत्रमा जनता जनताबीचको सम्बन्ध थप...बाँकी अंश →


वैदेशिक रोजगारीलाई सहजता ल्याउन निर्देशिका

काठमाडौँ, १४ असार (रासस) ः सरकारले वैदेशिक रोजगारमा जाने नेपालीको सहजताका लागि पहिलोपटक कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ । विशेषगरी वैदेशिक रोजगारीमा जाँदा कामदारले विभिन्न कसुरमा भोग्नुपर्ने कारावासलाई मध्यनजर गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा ल्याइएको सो निर्देशिकालाई आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।...बाँकी अंश →


सरकार स्वेच्छाचारी ढंगले काम गर्न थाल्यो ः नेता गच्छदार

इटहरी, १४ असार (रासस) ः नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सरकारले स्वेच्छाचारी ढंगले काम गर्न थालेको आरोप लगाउनुभएको छ । नेपाल नाई संघको प्रदेश नं. १ स्तरीय प्रथम भेलालाई आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारको जथाभावी कार्यप्रति सचेत रहन सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो । नेता गच्छदारले मुलुकको आर्थिक सामाजिक...बाँकी अंश →


स्वदेश फर्किएका कामदारका लागि कार्यपत्र

काठमाडौँ, १४ असार (रासस) ः सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल नामक संस्थाले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई स्वदेशमै लगाउन सरकारलाई कार्यपत्र बुझाउने भएको छ । ‘वैदेशिक रोजगारबाट फर्केका कामदारको पुनः एकीकरण, नीति, चुनौती र आगामी कदमहरु’ विषयको छलफलमार्फत संस्थाले कार्यपत्र बुझाउन लागेको हो । वैदेशिक रोजगारीबाट फर्किएकाको सीपलाई स्वदेशमा नै प्रयोग...बाँकी अंश →


‘तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नू’

काठमाडौँ, १४ असार (रासस) ः आगामी साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा गृह प्रशासन सुधार योजनानुसार अब जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध गर्नुपर्ने भएको हो । छलफलमा गृहमन्त्री रामबहादुर थापाले देशभर विरोध कार्यक्रमका लागि...बाँकी अंश →


रोकिएका सडक विस्तार गर्न बाटो खुल्ला

काठमाडौँ, १४ असार (रासस) ः सर्वोच्च अदालतले कलंकी–नागढुंगालगायत अन्य सडक क्षेत्रमा रोकिएको सडक विस्तारको काम गर्न बाटो खुल्ला गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरूषोत्तम भण्डारीको संयुक्त इजलासले गत असोजमा गरेको फैसलाको पूर्णपाठ आज सार्वजनिक गर्दै उपत्यकाका विभिन्न स्थानमा रोकिएको सडक विस्तारको काम गर्न बाटो खुल्ला गरेको...बाँकी अंश →


सामाजिक विकासका लागि धेरै काम गर्न बाँकी

ललितपुर, १४ असार (रासस) ः विभिन्न संस्थाले यहाँ आज आयोजना गरेको ‘सार्वजनिक नीति र दक्षिण एशियामा सरकारः न्याय र विकासका लागि’ विषयको सम्मेलनमा सहभागी वक्ताले दक्षिण एशियाली देशमा सामाजिक विकासका लागि धेरै काम गर्न अझै बाँकी रहेको बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थायी सरकारका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter