०७ चैत २०८२

समाचार

लोकतन्त्रको सुदृढीकरणमा नेपाली प्रेस गोलबद्ध हुनुपर्ने

काठमाडौँ, १८ असार (रासस) ः नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले काँग्रेसले पुनःएक पटक अधिनायकवाद र स्वतन्त्र प्रेसको अधिकारका लागि लड्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रमा प्रेसको भूमिका’ विषयको अन्तरक्रियामा उहाँले अधिनायकवादमा स्वतन्त्र प्रेसको परिकल्पनासमेत गर्न नसकिने विचार राख्नुभयो । काँग्रेसका सचेतक...बाँकी अंश →


रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा

बुटवल, १८ असार ९रासस० ः लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् । वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिद्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । भैरहवाको मुख्य बजार बैंकरोड, कमलपथ, जनकपथ, भैरहवा गाउँ, मालटोल, ज्योतिपथ, बेलहियाको ज्ञानपथ, कोटहमीमाई पथ, अन्नपूर्ण टोल, गल्लामण्डी, गोलीगढ, बुद्धपथ,...बाँकी अंश →


पानीको बहाव बढ्दा वनवासा पुलबाट आवागमनमा रोक

भीमदत्तनगर, १८ असार (रासस) ः आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको...बाँकी अंश →


दाइजो विरुद्ध आफै बोल्न थाले रौतहटका किशोरीहरु

रौतहटकी चन्द्रा पटेल अहिले २१ वर्ष पुग्नु भयो । उहाँ घरको सबै भन्दा जेठो सन्तान हो । उहाँका बुवा गाँउकै स्कुलमा पढाउनु हुन्छ । बुवा शिक्षक भएकै कारण चन्दाले सि.एम.ए पढ्न पाउनु भयो । सि.एम.ए सम्मको पढाई सकेर अहिले लोकसेवाको तयारी गर्दै हुनुहुन्छ । सुरुमा उहाँलाई म पढ्छु र परिवारलाई...बाँकी अंश →


व्यक्तिगत घटना अनलाइनमा

काठमाडौँ, १८ असार (रासस) ः केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ । विभागले दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइनमा राख्न थालेको होे । विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले हालसम्म पाँच लाख ५४ हजार ९९२...बाँकी अंश →


नेपालको ऊर्जा क्षेत्रमा सहयोगका लागि आग्रह

काठमाडौँ, १८ असार (रासस) ः सरकारले नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउन जापान सरकारलाई आग्रह गरेको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री वर्षमान पुनसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गर्नुभएको भेटवार्तामा सो आग्रह गरिएको हो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पुनले आगामी १० वर्षमा...बाँकी अंश →


भरतपुर अस्पतालमा साँझ र बिहान पनि डाइलोसिस सेवा

चितवन, १८ असार (रासस) ः भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो । गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई चरणमा डाइलोसिस सेवा शुरु गरेको थियो । पालो नपाएर कुर्नेको संख्या...बाँकी अंश →


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नियमित प्रक्रियाबाट अगाडि बढ्ने

काठमाडौँ, १८ असार (रासस) ः बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि अब सदनको नियमित प्रक्रियाबाट सो विधेयक अगाडि बढाउने तयारी गरेको हो ।...बाँकी अंश →


किम्ताङको पहिरो जोखिमका १७ परिवार विद्यालयमा

रामहरि न्यौपाने नुवाकोट, १८ असार (रासस) ः अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।...बाँकी अंश →


विशेष समय ः मुआब्जा दिएर मात्र निर्माणका काम थाल्न आग्रह

काठमाडौँ, १८ असार (रासस) ः प्रतिनिधिसभामा आज विशेष समयमा बोल्ने सांसदहरुले सार्वजनिक जग्गाको संरक्षण, तराईको डुबान समस्या, माथिल्लो तामाकोशीको शेयर आवेदन गर्ने समयसीमा वृद्धिलगायतका विषयहरु उठान गर्नुभयो । सांसद शान्ति पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको र स्थानीयवासीलाई दिइने शेयरको यही असार २४ देखि साउन ९ गतेसम्मका लागि...बाँकी अंश →


महभिर झरनाको फेदीमा कृतिम पोखरी निर्माण

बाबियाचौर, म्याग्दी, १८ असार (रासस) ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण भएको छ । ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा यस वर्ष कृतिम पोखरी निर्माण भएको...बाँकी अंश →


अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

लहान, १८ असार (रासस) ः लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter