०७ चैत २०८२

समाचार

श्रावण १६ गते देखि हाजीहरुको उड़ान हुने

बर्षको एक पल्ट सऊदी अरेबियाको लागि मक्का मदीना हज गर्न जाने हजयात्रिहरुको उड़ान श्रावण१६ गते देखि श्रावण २२ गते सम्म हुने उड़ान तालिका हज कमिटिले सार्वजनिक गरेको छ । श्रावण१६ गते देखि पहिलो उड़ान हुनेमा काठमांडौ,ललितपुर ,भक्तपुर, नुवाकोट, तन्हुँ, कास्की, गोरखा, चितवन ,अर्घाखाँची, दांग , बर्दिया र पर्सा गरी १५१...बाँकी अंश →


रासस समाचार प्रभाव ः अनिललाई सहयोग जुट्न थाल्यो

खोटाङ, २७ असार (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका ब्लड क्यान्सर पीडित अनिल राईको उपचारमा समस्या भएको समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत प्रकाशन भएपछि आर्थिक सहयोग जुट्न थालेको छ । आर्थिक अवस्था कमजोर भएका १९ वर्षीय अनिलको उपचारमा आर्थिक अभाव भएको समाचार गत जेठ १२ गते राससमार्फत विभिन्न...बाँकी अंश →


वैधानिक बाटो रोज्न डा केसीलाई राज्मन्त्री अर्यालको आग्रह

काठमाडौँ, २७ असार (रासस) ः स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गर्नुभएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसदमार्फत संशोधन हालेर आफ्ना माग पुरा गर्न...बाँकी अंश →


मौद्रिक नीतिप्रति निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

काठमाडौँ, २७ असार (रासस) ः नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज अपराह्न यहाँ सार्वजनिक गरेको उक्त नीतिप्रति निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैंक र वित्तीय क्षेत्रका अधिकारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मौद्रिक नीतिमा अर्थतन्त्रको विद्यमान अवस्था एवं...बाँकी अंश →


सुशासनको नयाँ इतिहास रचना गर्छु ः प्रधानमन्त्री ओली

काठमाडौँ, २७ असार (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताउनुभएको छ । “सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उहाँले भन्नुभयो, “म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशानको...बाँकी अंश →


एकाधिकार फर्काउने कुरा अब सम्भव छैन ः गृहमन्त्री थापा

काठमाडौँ, २७ असार (रासस) ः गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको...बाँकी अंश →


तटबन्ध निर्माणमा ढिलाइ

गुलरिया, बर्दिया, २७ (रासस) ः बबई नदी नियन्त्रण र व्यवस्थापनमा भइरहेको ढिलाईका कारण गुलरिया नगरपालिकासहित केहि गाउँपालिका बाढीको उच्च जोखिममा परेका छन् । बबई नदी नियन्त्रण र व्यवस्थापनका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यलयलाई जिम्मा दिएको हो । नदीको चार ठाउँमा तटबन्ध निर्माणका लागि रु १३...बाँकी अंश →


संयुक्त सीमा सुरक्षा बैठकको तयारी

नेपालगञ्ज, २७ असार (रासस) ः बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीको संयुक्त सीमा सुरक्षा बैठकको तयारी प्रक्रिया अघि बढाइको छ । दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्ने गरी तयारी अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।...बाँकी अंश →


विश्वकप–सेमिफाइनलमा क्रोएसिया र इङ्ग्ल्याण्ड भिड्दै

काठमाडौँ, २७ असार (रासस) ः फिफा विश्वकप–२०१८ अन्तर्गतको दोस्रो सेमिफाइन खेलमा क्रोएसिया र इङ्ग्ल्याण्ड आमने सामने हुँदैछन् । रसियामा जारी विश्वकपमा दुवै टोली विजय लक्ष्यका साथ आज राति ११ः४५ बजे भिड्दैछन् । सेमिफाइनलसम्मको यात्रा तय गर्दा क्रोएसिया अपराजित छ भने इङ्ग्ल्याण्ड समूह चरणमा बेल्जियमसँग पराजित भैसकेको छ । क्वाटरफाइनलमा क्रोएसियाले...बाँकी अंश →


विपद् व्यवस्थापन अभ्यासमा सेना

रामपुर, पाल्पा, २७ असार (रासस) ः गोरखदल गण पाल्पाले नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराएको छ । जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त गणले तत्कालै आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका लागि जवानलाई अभ्यास गराएको हो । नेपाली सेना भूकम्पलगायत ठूला विपद्का घटनापछि खोज, उद्धार र राहतका लागि...बाँकी अंश →


चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

–नारायण ढुंगाना काठमाडौँ, २७ असार ९रासस० ः नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडाँै ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौँ ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंँडा सहज रुपमा...बाँकी अंश →


सामुदायिक विद्यालयल लेखा परीक्षण गराउँदैनन्

बैतडी, २७ असार (रासस)ः जिल्लाका अधिकांश सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीका अनुसार धेरैजसो विद्यालयले लेखा परीक्षण नगरेको पाइएको हो । उहाँले भन्नुभयो, “विद्यालयल आफँैले लेखा परीक्षकको नाम सिफारिश गरेर यस पठाउनुपर्नेमा त्यसो नगरेकाले यस इकाइले नै लेखा परीक्षकका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter