शनिबार, ०५ जेठ २०८१

विपद् व्यवस्थापन अभ्यासमा सेना

२७ असार २०७५, बुधबार १४:४० मा प्रकाशित

रामपुर, पाल्पा, २७ असार (रासस) ः गोरखदल गण पाल्पाले नेपाली सेनालाई विपद् व्यवस्थापनको पूर्वतयारीका लागि अभ्यास गराएको छ ।

जिल्लाको सामाजिक कार्यमा सक्रिय रहँदै आएको उक्त गणले तत्कालै आइपर्ने प्राकृतिक प्रकोपजस्ता घटनाको व्यवस्थापनका लागि जवानलाई अभ्यास गराएको हो ।

नेपाली सेना भूकम्पलगायत ठूला विपद्का घटनापछि खोज, उद्धार र राहतका लागि जस्तोसुकै ठाउँमा पनि जानुपर्ने भएकाले पूर्व तयारीका लागि तानसेनको अप्पुभिलेजमा रहेको भिरमा अभ्यास गरिरहेको छ ।

कम्मरमा रस्सी लगाएर भिरबाट ¥याम्पलिङ र रक क्लाइम्बिङ गर्ने काममा जवान निरन्तर लागेका छन् । सेनाको यस कार्यमा जिल्लाका पत्रकारको पनि सहभागिता रहेको छ । वर्षायामको शुरुआतसँगै बाढी र पहिरोले सर्वसाधारणको दैनिकी प्रभावित हुन थालिसकेको छ । विपद् घण्टी बजारसम्म नआउने भएकाले यसका लागि पूर्वसतर्कता अपनाउनु पर्ने भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter