०७ चैत २०८२

समाचार

बाढीपहिरो पीडितलाई राहत दिन सांसदहरुको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ, २८ असार (रासस) ः देशव्यापीरुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको, यातायात आवागमन अवरुद्ध भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले गत वर्ष नै विपद् व्यवस्थापनसम्बन्धी ऐन आए पनि हालसम्म नियमावली बन्न नसक्दा कार्यान्वयनमा आउन...बाँकी अंश →


शहरलाई कुरुप बनाएको भन्दै नेटका कर्मचारी नियन्त्रणमा

काठमाडौँ, २८ असार (रासस) ः जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौँ महानगरपालिकाले नियन्त्रणमा लिई सचेत गराएको छ । तार जडान गर्ने क्रममा अरूको तार काट्ने र आफ्नो तार जडान गरेको, जथाभावी तार टाँगेर शहरलाई कुरुप र जोखिमपूर्ण बनाएको भन्दै कामपा–१६ ले तीन वटा...बाँकी अंश →


छलफलका आधारमा दलितसम्बन्धी कानून निर्माण गर्न सुझाव

काठमाडौँ, २८ असार (रासस) ः विभिन्न राजनीतिक दलका नेताहरुले दलित समुदाय, विषय विज्ञलगायत सम्बन्धित निकायसँग पर्याप्त छलफल गरेर मात्र दलितसम्बन्धी कानून निर्माण गर्न सुझाव दिएका छन् । दलित महिला केन्द्र, नेपालद्वारा यहाँ आज आयोजित ‘संविधान कार्यान्वयन, कानून निर्माण प्रक्रिया र दलित अधिकार’ विषयको एक अन्तक्र्रिया कार्यक्रममा नेताहरुले दलित समुदायसम्बन्धी कानूनको...बाँकी अंश →


बिरुवा मरे सय रुपैयाँ जरिवाना

तुलसीपुर, दाङ, २९ असार (रासस) ः तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले यस महिनाको हालसम्ममा किसानलाई विभिन्न प्रजातिका १३ हजार ६०३ फलफूलका बिरुवा निःशुल्क रुपमा वितरण गरेको छ । कृषि विकास शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक केसीका अनुसार नगरपालिकाका १९ वडाका किसानलाई बिरुवा वितरण गरेको हो । अझै ११ हजार...बाँकी अंश →


प्रतिनिधिसभामा राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

काठमाडौँ, २८ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु परेको समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानकर्षण गराउनुभएको हो । अछाम लगायतका जिल्लामा चिकित्सकको अभाव रहेका कारण स्थानीयवासीले समस्या भोग्नु...बाँकी अंश →


डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड

पोखरा, २८ असार (रासस) ः नागरिक समाज पोखराद्वारा आज यहाँ आयोजित ‘डा गोविन्द केसी बचाउ अभियान १५औँ सत्याग्रह’ विषयक अन्तरक्रियामा संवादका माध्यमबाट सत्याग्रही डा केसीका माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ । मागको सुनुवाइभन्दा परिस्थितिलाई थप जटिल बनाउने काम भइरहेको भन्दै अन्तरक्रियाका वक्ताले तत्काल मागको सुनुवाइ गर्दै सत्याग्रहीको जीवन...बाँकी अंश →


भीमदत्त नगरपालिकाका १० वडामा इन्टरनेट

–शेरबहादुर सिंह कञ्चनपुर, २८ असार (रासस) ः भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो । नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र...बाँकी अंश →


कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्था

जाजरकोट, २८ असार (रासस) ः यहाँको एक दुर्गम ठाउँमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले स्वास्थ्य चलाउने गरेका छन् । जिल्लाको जुनिचाँदे गाउँपालिका–८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा चलेको छ । वैशाख ५ गतेदेखि कार्यालय सहयोगी नरबहादुर बस्नेतको भरमा सो कार्यालय सञ्चालन हुँदै आएको छ । यहाँ कार्यरत...बाँकी अंश →


सरकारको प्राथमिकता क्षेत्रमा लगानी गर्न अध्यक्ष दाहालको विश्व बैंकलाई आग्रह

काठमाडौँ, २८ असार (रासस)ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले थप लगानीका लागि विश्व बैंकलाई आग्रह गर्नुभएको छ । शिष्टाचार भेटका लागि आज उहाँकै निवास पुगेको विश्व बैंकका प्रतिनिधिलाई सो आग्रह गर्नुभएको हो । बैंकका प्रतिनिधि तथा देशीय निर्देशक हदाद–जर्वोसलाई आर्थिक...बाँकी अंश →


बहुभाषिक कविगोष्ठी

गोदावरी, ललितपुर, २८ असार (रासस) ः नेपाल प्राज्ञ– प्रतिष्ठान मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको संयुक्त आयोजनामा बुधबार यहाँ आयोजित बहुभाषिक कवितागोष्ठीमा विभिन्न भाषाका १७ कविले कविता वाचन गर्नुभएको छ । कविता वाचन गर्नेमा स्वप्निल स्मृति, केशव सिलवाल, होमराज ढुंगेल, चन्द्र राना हँछा, रीमा केसी, जानुका राई (नेपाली), सोझो...बाँकी अंश →


खानेपानीको ८८ प्रतिशत मुहान प्रदूषित

भक्तपुर, २८ असार (रासस) ः भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले कार्यालयले केही दिन अघिमात्रै सम्पन्न गरेको खानेपानी मुहानको पानीको परीक्षणका क्रममा जिल्लाका खानेपानीका १८ मुहानको पानीको परीक्षणमा १६ मुहानका...बाँकी अंश →


दोहा बैंक द्वारा नेपालका महताब सम्मानित

कतारको ‛दोहा बैंक’मा कार्यरत रहेका विभिन्न पदका कर्मचारिहरुलाई सम्मानित गर्ने क्रममा नेपालका महताब आलमलाई एक कार्यक्रम गरी सम्मानित गरेको छ । बैंकमा कार्यरत रहेका कर्मचारीहरू मध्ये ब्यक्ति आठ जनालाई ब्यक्तिगत सम्मानित गरेको छ । नेपालका महताब आलमलाई ‛मोस्ट कमिटेड स्टाफ' को उपमा दिदै सम्मान गरेको छ। सम्मानित भएका आलमलाई नेपाली...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter