०८ चैत २०८२

समाचार

ढिलासुस्ती मान्य नहुने गृहमन्त्रीको चेतावनी

काठमाडौँ, १५ साउन (रासस) ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालय र सो अन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कार्यसम्पादनमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । गृहमन्त्रीले चार महिनाअघि सार्वजनिक गरेको ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजनाबारे आज गृह मन्त्रालयमा आयोजित समिक्षा बैठकमा गृहमन्त्री थापाले कार्ययोजनाको कार्यान्वयन सन्तोषजन रहेपनि अझै गति...बाँकी अंश →


निर्णायक आन्दोलन हुन्छ ःवरिष्ठ नेता पौडेल

तनहुँ, १५ साउन (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको रवैया यहि किसिमको रहिरहे पार्टी निर्णायक आन्दोलन गर्न पछि नहट्ने बताउनुभएको छ । तनहूँमा आज आयोजित सभामा नेता पौडेलले भन्नुभयो सरकारलाई ठीक ठाउँमा ल्याउन र सचेत गराउन प्रतिकारात्मक विरोध कार्यक्रम गरेका हौँ नसच्चिए निर्णायक आन्दोलन गर्न तयार...बाँकी अंश →


दश महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

काठमाडौँ, १५ साउन (रासस) ः सरकारले निर्माणाधीन काठमाडौँ, १५ साउन (रासस) ः सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको १० महिनाभित्रै सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को २२ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै भन्नुभयो, “ निर्माणाधीन गौतमबुद्ध...बाँकी अंश →


स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ ः काँग्रेस नेता सिंह

काठमाडौँ, १५ साउन (रासस) ः नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थिरता र समृद्धि बोलेर मात्र नहुने भएकाले व्यवहारमा काम गरेर देखाउन सरकारसँग आग्रह गर्नुभएको छ । काँग्रेस काठमाडौँले आज यहाँ आयोजना गरेको विरोध पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनका बेला बोलेका स्थिरता र समृद्धिका नारा व्यवहारमा कार्यान्वयन गर्न वर्तमान...बाँकी अंश →


राजनीतिक नेतृत्व पनि आर्थिक नियमभित्र बस्नुपर्छ ः प्रम

काठमाडौँ, १५ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताउनुभएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७४÷७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो...बाँकी अंश →


सम्बन्धनको पर्खाइमा बीएण्डसी हस्पिटल

भद्रपुर, १५ साउन (रासस) । झापाको बिर्तामोडमा चार वर्षदेखि सञ्चालित पूर्वकै सुविधासम्पन्न बीएण्डसी हस्पिटल ‘मेडिकल कलेज’को सम्बन्धन पर्खिरहेको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिले...बाँकी अंश →


गुठी संस्थानको सञ्चालक समितिमा केयर ह्यूमन राइट्सको अध्यक्ष हज़रत अली नियुक्त

काठमाडौ,१५ साउन । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गुठी संस्थान सञ्चालक समितिको सदस्यमा केयर मानव अधिकारका राष्टिय अध्यक्ष हजरत अली मुसलमानलाई नियुक्त गरिएको छ । गुठी संस्थान ऐन २०३३ को दफा ९ (३) बमोजिम ३ वर्षका लागि मुसलमानलाई मनोनित गरिएको सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताउनु भयो । गुठी...बाँकी अंश →


पहिलो रेञ्जर दिवस ः मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा जोड

रत्ननगर, चितवन, १५ साउन (रासस) ः मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा संरक्षणकर्मीले जोड दिएका छन् । वन्यजन्तु संरक्षण समूह नेपालको आयोजनामा चितवनको सौराहामा आज मनाइएको पहिलो ‘विश्व रेञ्जर दिवस’का अवसरमा सहभागी संरक्षणकर्मीले चोरी–शिकारका घटना जसरी शून्यमा झारिएको छ, त्यसैगरी मानव वन्यजन्तु द्वन्द्वलाई पनि न्यूनीकरण गर्नुपर्नेमा जोड...बाँकी अंश →


‘सामाजिक न्यायसहितको समृद्धिमा सरकार’

विराटनगर, १५ साउन (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले वर्तमान सरकार सामाजिक न्यायसहित समृद्धि प्राप्तिको मार्गमा अघि बढिरहेको बताउनु भएको छ । संयुक्त ट्रेड युनियनद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सुशासन कायम गर्न र जनताका सुधारका पक्षमा काम गरिरहेको बताउनुभयो । श्रमिकले दुई छाक राम्रोसँग पेट...बाँकी अंश →


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन

काठमाडौँ, १५ साउन (रासस) ः ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराउनुभएको छ । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ । प्रतिनिधिसभा,...बाँकी अंश →


विश्वमै लोपोन्मुख सेतो गिद्धको गँुड बारेकोटमा

–हेमन्त केसी जाजरकोट, १५ साउन ९रासस० ः विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ । गतवर्ष भेरी नगरपालिका–११ पुल मटेलामा गँुड लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान...बाँकी अंश →


वैदेशिक रोजगारलाई सुधार गर्ने मन्त्री विष्टको भनाइ

विराटनगर, १५ साउन (रासस)ः श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter