१६ कात्तिक २०८१

गुठी संस्थानको सञ्चालक समितिमा केयर ह्यूमन राइट्सको अध्यक्ष हज़रत अली नियुक्त

१५ श्रावण २०७५, मंगलवार २०:५८ मा प्रकाशित
काठमाडौ,१५ साउन । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गुठी संस्थान सञ्चालक समितिको सदस्यमा केयर मानव अधिकारका राष्टिय अध्यक्ष हजरत अली मुसलमानलाई नियुक्त गरिएको छ ।
गुठी संस्थान ऐन २०३३ को दफा ९ (३) बमोजिम ३ वर्षका लागि मुसलमानलाई मनोनित गरिएको सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताउनु भयो ।
गुठी संस्थानमा नियुक्त भए पछि मुसलमानले गुठीहरुको अनुगमन गरी व्यवस्थीत बनाउने बताउनु भयो । मुसलमान मानव अधिकारको क्षेत्रमा रहेर लामो समय देखि काम गर्दै आई रहनु भएको छ । यता मुसलमान सदस्यमा मनोनित भए पछि केयर मानव अधिकारका उपाध्यक्ष आलम खानेले एक विज्ञप्ती मार्फत मुलमानको कार्यकालको सफलताको कामना गर्दै मानव अधिकार मैत्री गुठीहरुलाई बनाउने अभियानमा लाग्न अपिल गर्नु भयो ।
खानले जारी गरेको विज्ञप्तीमा भनिएको छ कि देशका विभिन्न ठाँउमा गुठीका नाममा रहेका धार्मिक तथा संस्कृति धरोहरको सरक्षण गर्न तर्फ ध्यान पुर्याउन भनिएको छ ।
courtesy: Alam Khan

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter