०८ चैत २०८२

समाचार

थप चार पोष्ट स्थापना हुने

विराटनर, २२ साउन , मोरङ्ग जिल्लाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन थप चार वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरिने भएको छ । दक्षिणी सीमा क्षेत्रवाट हुने अवैध हातहतियार र लागुपदार्थ ओसारपसार एवं चोरीतस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल गणले आउट पोष्ट स्थापना गर्ने भएको हो...बाँकी अंश →


लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ , अध्यक्ष दाहाल

पर्सा, २२ साउन ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताउनुभएको छ । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई आज उहाँ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लगानी कर्ताको पूँजीको सुरक्षा, उद्योगको सुरक्षा, नाफा कमाउने स्वतन्त्रतालाई सुरक्षित गर्नुपर्ने बताउनुभयो...बाँकी अंश →


मातृभाषामा कक्षा सञ्चालन

दोलखा, २२ साउन, जिल्लाको आठ विद्यालयमा मात्र मातृभाषामा पढाई हुने गरेको छ । स्थानीय तामाङ भाषालाई मातृभाषाका रुपमा यहाँका एघार विद्यालयले दर्ता गराए पनि आठ विद्यालयमा मात्र मातृभाषामा कक्षा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय एकाई दोलखाले जनाएको छ । दोलखाका जम्मा ३६३ वटा विद्यालयमध्ये धर्मछोईलीङ गुम्बा भुसाफेदामा ३ कक्षासम्म...बाँकी अंश →


संविधान संशोधनको विकल्प छैनः उपप्रम यादव

भक्तपुर, २२ साउन  उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ । संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको बताउँदै भन्नुभयो, “संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय...बाँकी अंश →


सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

पाँचथर, २२ साउन भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनाका साथै सिक्किम र...बाँकी अंश →


कृषि मन्त्रि को खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अनुगमन तथा निर्देशन

साउन २२, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले जनस्वास्थ्यमा खेलवाड गर्ने जोसुकैलाई पनि तत्काल रेड कार्ड दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएका छन् । विभागको तेस्रो चौमासिक प्रगति समिक्षा बैठकमा मन्त्री खनालले जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै त्यही अनुसार कडा कदम...बाँकी अंश →


बजेट र कर्मचारी अभावले भ्रष्टाचारविरुद्धको काम प्रभावित

काठमाडौँ, २२ साउन , बजेट र कर्मचारी अभावका कारण भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने राष्ट्रिय सतर्कता केन्द्रको काम कारवाही प्रभावित हुने भएको छ । चालू आर्थिक वर्षमा सरकारले बजेटमा कटौती र हाल भइरहेको दरबन्दीअनुसारको कर्मचारी नदिँदा भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने कार्यक्रम सञ्चालनमा असर परेको छ । सरकारले चालू आवमा करीब रु दुई करोड...बाँकी अंश →


शेयर बजार ः सूचक घट्यो, कारोबार बढ्यो

काठमाडौँ, २२ साउन, शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ । आइतबार बजार १.४३ बिन्दुले घटेर एक हजार...बाँकी अंश →


‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’ – गृहमन्त्री

काठमाडौँ, २२ साउन, गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताउनुभएको छ । इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा...बाँकी अंश →


नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ, २२ साउन , एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते...बाँकी अंश →


झारफूक गर्दागर्दै किशोरीको मृत्यु

वीरेन्द्रनगर, २२ साउन , सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पदंशबाट मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीया हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो । जामुस्थित बाढीपीडितको शिविरमा पालमुनि बस्दै आउनुभएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको थियोे । बिहान ५ बजेतिर उनलाई सर्पले...बाँकी अंश →


‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ प्रदान गरिंदै

काठमाडौँ, २२ साउन,युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ दिने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस अर्थात यही साउन २७ गतेका दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाका क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो । मन्त्रालयका अनुसार शिक्षा,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter