०८ चैत २०८२

समाचार

‘पाकिस्तान सँगको सम्बन्धलाई उच्च महत्व’

काठमाडौँ, २९ साउन , परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तान सँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको स्पष्ट गर्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन दुवै देश क्रियाशील रहेका बताउनुभएको छ । पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले आज साँझ राजधानीमा आयोजना गरेको स्वागत समारोहमा उहाँले नेपाली र पाकिस्तानी जनताको...बाँकी अंश →


निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ, २९ साउन ,  सर्वोच्च अदालतले समाज कल्याण परिषद्का सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई अनियमतिमताबारे छानबिनका लागि मन्त्रालय हाजिर गराउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले आज परिषद्का सदस्यसचिव भट्टलाई अनियमितताको छानबिन गर्न मन्त्रालयमा हाजिर गराउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश...बाँकी अंश →


‘संघीयताको सफल कार्यान्वयनले लोकतन्त्र संस्थागत हुन्छ’

काठमाडौँ, २९ साउन ,  उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन भएपछि मात्र लोकतन्त्र संस्थागत हुने बताउनुभएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपालमा सङ्घीयता कार्यान्वयन’ विषयक विचार गोष्ठीमा उहाँले सङ्घीयतालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभएको हो । “सङ्घीयतालाई समाप्त पार्ने विभिन्न खेलहरु...बाँकी अंश →


चेक हस्तान्तरण

काठमाडौँ, २९ साउन (रासस) ः भारत सरकारले हुलाकी राजमार्ग आयोजना निर्माणका लागि रु २९ करोड ३७ लाखको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सोही मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।...बाँकी अंश →


भारतीय प्रमको चौथो नेपाल भ्रमणबाट सम्बन्ध फराकिलो हुने विश्वास

काठमाडौँ, २९ साउन ,नेपालका लागि भारतीय राजदूत मञ्जीवसिँह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चौथो पटक हुन लागेको नेपाल भ्रमणबाट भारत–नेपालबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँले नेपालको गण्डकदेखि भारतको गङ्गासम्म तथा नेपालमा रेल्वे अघि बढाउनेजस्ता क्षेत्रमा दुवै मुलुकबीच सहकार्य हुन सक्ने...बाँकी अंश →


खेलाडीलाई जीवन निर्वाहको सुनिश्चितताका लागि राष्ट्रपतिबाट आग्रह

काठमाडौँ, २९ साउन, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले बिर्सिएर राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकूद प्रदर्शन गर्न खेलाडी जगत्लाई सम्मान गर्न सरकारलाई सुझाव दिनुभयो ।...बाँकी अंश →


बलात्कारीलाई कारवाही माग

काठमाडौँ, २९ साउन ,  राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता व्यक्त गर्दै उहाँहरुले विद्यमान कानूनले मात्रै बलात्कारीलाई कारवाही हुन नसकेकाले थप कडा कानून ल्याउन आग्रह गर्नुभएको हो ।...बाँकी अंश →


रु ८४ करोडको खानेपानी आयोजना सम्झौता

इलाम, २९ साउन ,  बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् । आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा...बाँकी अंश →


दुई हजार ३०० जातका धान

ललितपुर, २९ साउन ,   नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीउमा विविधता पाइएको हो । स्थानीय जातका बीउ हराउन नदिन धानको बीउ संकलन गर्दै आएको केन्द्रमा वैज्ञानिक कृष्णहरि...बाँकी अंश →


उपत्यकाका सडक सुधारमा समन्वय गरिने

काठमाडौँ, २९ साउन ,  गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको, मुख्य पात्र छानबीनको दायरामा आइसकेको उल्लेख गर्नुभयो । दुवईबाट तीन वर्षको अवधिमा एउटा समूहले मात्रै चार हजार क्विन्टल...बाँकी अंश →


आर्थिक अराजकता अन्त्य गर्नु मुख्य उद्देश्य हो–अर्थमन्त्री

काठमाडौँ, २९ साउन , अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गर्नुभएको बताउनुभएको छ । प्रतिनिधिसभा मातहतको अर्थसमितिको आजको बैठकमा उहाँले जनताको करबाट उठेको राजश्वको उपयोगिताबारे प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने चुनौती अर्थमन्त्रालयलाई रहेको धारणा व्यक्त गर्नुभयो । करको दर बढाएर होइन, आधार बढाएर मात्र...बाँकी अंश →


बजार, यातायात, उद्योग सञ्चालन

भक्तपुर, २९ साउन ,पक्राउमा परेका आफ्ना कार्यकताको निःशर्त रिहाइको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको चौतर्फी अवज्ञा भएको छ । बन्दले दिक्क नागरिक र व्यवसायीले बन्दको अवज्ञा गरी व्यवसाय र यातायातका साधन निर्धक्क सञ्चालन गरेपछि भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बन्दको प्रभाव परेको छैन ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter