शनिबार, ०८ बैशाख २०८१

रु ८४ करोडको खानेपानी आयोजना सम्झौता

२९ श्रावण २०७५, मंगलवार २२:५७ मा प्रकाशित

इलाम, २९ साउन ,  बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् ।

आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा रु ८३ करोड ६८ लाख २९२ को लागतमा इलामकै हालसम्मको ठूलो खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।

आर्थिक वर्ष ०७७÷७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि नेपाल सरकारमार्फत एडिबीले ७० प्रतिशत अर्थात रु ५८ करोड ५७ लाख ६० हजार २०४ अनुदान उपलब्ध गराउनेछ । स्थानीय उपभोक्ताको ५ प्रतिशत लागत सहभागिता अन्तर्गत रु चार करोड १८ लाख ४० हजार १४ लगानी रहनेछ । इलाम नगरपालिकाले २५ प्रतिशत अर्थात रु २० करोड ९२ लाख ७३ रुपैयाँ नगर विकास कोषसँग ऋण जमानत बस्नुपर्ने छ ।

आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको अग्रिम दाखिला गर्नुपर्ने ५ प्रतिशत नगद रकम दाखिला गरिसकेपछि सरोकारवालाबीच वित्तीय सम्झौता भएको हो । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकाका चार खोलाको मुहानबाट पानी ल्याइने खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताउनुभयो । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने उहाँको भनाइ छ ।

घरको धारामा पानी नआएर खोला, खोल्सा तथा कुवामा धाउनुपर्ने बाध्यता हट्ने भन्दै स्थानीयवासीमा खुशी भएका छन् । हाल इलाम बजारमा इलाम नगरपालिकाले पानी वितरण गरिरहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter