
नेपालगन्ज, २ भदौ , नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित नेपालगञ्जमा विरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरु गरिएको छ । भौतिक पूर्वाधार निर्माणका कारण बढ्दै गएको तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो...बाँकी अंश →

काठमाडौँ, २ भदौ ,लागुऔषध रोकथाममा प्रहरी र नागरिक समाजको सहकार्य आवश्यक रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले आज यहाँ आयोजना गरेको ‘टोलटोलमा प्रहरी अभियान–२०७५’ मा प्रहरी र नागरिक समाज मिले मात्र समाजमा घट्ने घटनालाई न्यूनीकरण गर्न सकिने बताइएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले समाजमा हुने अपराध...बाँकी अंश →

काठमाडौँ, २ भदौ , गृहमन्त्री रामबहादुर थापाले मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास गर्नु जरुरी रहेको बताउनुभएको छ । नेपाल शरीरिक सुगठन महासङ्घद्वारा आज आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले संसारका ठूला मुलुकले खेल क्षेत्रबाटै तीव्र आर्थिक विकास गरेको बताउँदै...बाँकी अंश →

काठमाडौँ, २ भदौ , भुटानमा जारी साफ यू–१५ महिला फूटबल च्याम्पियनसिपमा नेपालले चौथो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा नेपाल भुटानसँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै चौथो भएको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित समयमा खेल २÷२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा...बाँकी अंश →

काठमाडौँ, २ भदौ , पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिज्ञमा दूरदर्शीताको अभावका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको बताउनुभएको छ । लेखक दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथिको छलफलमा उहाँले वैदेशिक नीतिमा वामपन्थी शक्ति र अन्य दल एकताबद्ध नभएकाले देशको कूटनीतिक दृष्टिकोण कमजोर भएको वैदेशिक हस्तक्षेपको नकारात्मक प्रभाव बढ्दै गएको विचार व्यक्त...बाँकी अंश →

काठमाडौँ, २ भदौ , एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली आज घोषणा गरिएको छ । टोलीको मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले सो टोलीको घोषणा गरेको हो । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि साउन...बाँकी अंश →

“सूचनाको हक़ सम्बन्धि एक दिने तालीम” सहभागी बिद्यार्थीहरुले सूचनाको हक सम्बन्धी तालिम गाऊँ सम्म पुर्याउन आवश्यक रहेको बिचार ब्यक्त गरेका छन । एस टुगेदर वी क्यान ले आयोजना गरेको उक्त कार्यक्रममा सूचना अभियंता सरफुल्लाह अन्सारीले प्रशिक्षण दिदै ‛ सबै युवाहरुले हरेक ठाउँ क्षेत्रको निकायको आर्थिक लगायत हरेक सार्वजनिक गतिविधि बारे...बाँकी अंश →

काठमाडौँ, २ भदौ , दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा इमरान अहमद खान नियाजी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री खानलाई महासचिव सियालले आज पठाउनुभएको बधाई सन्देशमा उहाँको उच्च पदमा भएको नियुक्तिले पाकिस्तानी जनताको निष्ठा र विश्वास...बाँकी अंश →
काठमाडौँ, २ भदौ , प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै नवनिर्वाचित प्रधानमन्त्रीको सफल कार्यकालका निम्ति हार्दिक शुभकामना...बाँकी अंश →

विराटनगर, २ भदौ , नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले जनतालाई मारमा पर्ने...बाँकी अंश →

काठमाडौँ, २ भदौ , धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको ४५ लाख दुई हजार ४५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो...बाँकी अंश →
काठमाडौँ, २ भदौ ,सरकारले ‘जनजनमा शेयर घरघरमा बिजुली’को नारालाई रणनीतिक महत्वका साथ कार्यान्वयन गर्ने भएको छ । सो नारालाई कार्यान्वयनका लागि आर्कषक र प्रतिफल दिने आयोजनाको समेत खोजी गरिरहेको छ । रसुवामा चिलिमे जलविद्युत् आयोजनाको निर्माण पछि सो जिल्लाका स्थानीयवासीको आर्थिक तथा सामाजिकस्तर उठेको तथ्यलाई मनन गर्दै सरकारले सबै नेपाली...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: