बुधबार, १९ बैशाख २०८१

सूचनाको हक सम्बन्धी तालिम गाऊँ सम्म पुर्याउन आवश्यक

२ भाद्र २०७५, शनिबार २१:४१ मा प्रकाशित

“सूचनाको हक़ सम्बन्धि एक दिने तालीम” सहभागी बिद्यार्थीहरुले सूचनाको हक सम्बन्धी तालिम गाऊँ सम्म पुर्याउन आवश्यक रहेको बिचार ब्यक्त गरेका छन ।

एस टुगेदर वी क्यान ले आयोजना गरेको उक्त कार्यक्रममा सूचना अभियंता सरफुल्लाह अन्सारीले प्रशिक्षण दिदै ‛ सबै युवाहरुले हरेक ठाउँ क्षेत्रको निकायको आर्थिक लगायत हरेक सार्वजनिक गतिविधि बारे सूचना माग्ने अभियान संचालन गरेमा बैदेशिक रोजगार तिर युवाहरुलाई पलायन हुनु नै पर्दैन ’ भने ।
नेपालको संविधान २०७२ ले नैसर्गिक आधाभूत अधिकारको रुपमा प्रदान गरेको सूचनाको हक लाई हरेक नेपाली नागरिक ले उपयोग गर्न आवश्यक रहेको अन्सारीको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षता गरेको गोबिन्द साहले हरेक स्थानीय निकायमा अहिले सम्म सूचना अधिकारीको व्यवस्थापन नभएकोले दुःख प्रकट गरे ।

लगभग सहभागी बीस जना कानून अध्ययनरत रहेका बिद्यार्थीहरुले आफूहरुले निष्पक्ष एवम इमानदारी पूर्वक आफ्नो अधिकारको प्रयोग गरि हरेक निकायलाई पारदर्शी बनाउनुको साथै जनता र राज्य बीच दूरी घटाउन निरन्तर प्रयासरत रहने बताए ।


सूचना अभियंता सरफुल्लाह अन्सारीले सहकार्य गरेको एक दिने तालिम काठमांडौको अनामनगर स्थित जस्टिस फार आल नेपालको सभाहालमा संचालन भएको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter