०९ चैत २०८२

समाचार

कर्णालीमा ७७ प्रतिशत किशोरी छाउगोठमै बस्छन्

सुर्खेत, ९ भदौ ,,   कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार छुईअर्थात् महिनावारी भएका ७७ प्रतिशत किशोरीले छाउगोठमा बस्ने गरेका छन्् । कर्णालीमा महिनावारी भएकै कारण २८ प्रतिशत किशोरीले विद्यालय छोड्ने गरेको एक्सनबक्र्स नेपाल...बाँकी अंश →


परम्परागत खेती अन्त्य हुन्छ ,, प्रदेश कृषिमन्त्री लामा

सिन्धुली, ९ भदौ ,,   नेपालमा परम्परागत कृषि प्रणालीका कारण किसान निरास भएकाले अब परम्परागत खेती प्रणालीको अन्त्य हुने प्रदेश नं ३ का कृषिमन्त्री दावादोर्जे लामाले बताउनुभएको छ । आज सिन्धुलीमा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पछिल्लो समयमा किसानमा निरासा उत्पन्न भएकाले अबको सरकारले किसानलाई कृषि फर्मतर्फ उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताउनुभयो...बाँकी अंश →


स्थिति साम्य बनाउन सर्वदलीय छलफल

भीमदत्तनगर, ९ भदौ ,,    कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा आज बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ । बिहीबारदेखि आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा शुक्रबार एकको मृत्यु र दर्जनाँै प्रर्दशनकारी तथा प्रहरी घाइते भएपछि स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरिएको...बाँकी अंश →


प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न

गाईघाट, उदयपुर, ९ भदौ ,,    उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बरुवा बसपार्क असोजबाट सञ्चालनमा आउने भएको छ । बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १ गतेबाट औपचारिक रूपमा सञ्चालन गर्न लागिएको बसपार्क निर्माण...बाँकी अंश →


अलपत्र सडकका कारण व्यापार घाटा

महेन्द्रनगर, धनुषा, ९ भदौ ,,    भत्काइएका सडक समयमै नबन्दा प्रदेश २ को अस्थायी राजधानी जनकपुरका व्यापारी अहिले करोडौँ घाटा ब्यहोर्न बाध्य छन् भने कतिपय व्यापारी पलायनसमेत भएका छन् । एकीकृत शहरी विकास परियोजनाअन्तर्गत सडक निर्माणका लागि सरकारले नगर क्षेत्रको सडक भत्काएपछि अहिले जनकपुरको व्यापार प्रभावित भएको हो । पछिल्लो...बाँकी अंश →


पदमार्ग निर्माण

म्याग्दी, ९ भदौ ,,    सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा जिल्ला सदरमुकाम बेनी बजारदेखि बेनपा–२ खबरास्थित लभ्लीहिल जोड्न निर्माण गर्न थालिएको पदमार्गलाई ‘मोना बेनी लभ्लीहिल पदमार्ग’ योजना...बाँकी अंश →


भीमदत्तनगरमा अनिश्चितकालीन कफ्र्यु, एकको मृत्यु, पाँच घाइते

भीमदत्तनगर, ८ भदौ ,,   कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको जानकारी दिनुभयो । शुक्रबार बेलुकी एक्कासि आन्दोलन उग्र हुँदा प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको थियो...बाँकी अंश →


‘जबखोज’ एप्स सार्वजनिक

काठमाडाँै, ८ भदौ (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गरेरै छाड्ने बताउनुभएको छ । रोजगारीका अवसरसम्बन्धी जानकारी प्रदान गर्ने मोबाइल एप्स ‘जबखोज’को सार्वजनिक गर्दै उहाँले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले वैदेशिक रोजगारीका...बाँकी अंश →


ओपन हार्ट सर्जरीमा सफलता

काठमाडौँ, ८ भदौ ,,   खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी)का क्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण सफलता नेपाली चिकित्सकले प्राप्त गरेका छन् । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको हालसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी मुटु रोगका क्षेत्रमा नयाँ उपलब्धि प्राप्त भएको जनाएको छ । वरिष्ठ...बाँकी अंश →


नेपालको लगातार दोस्रो जित

काठमाडौँ, ८ भदौ ,,   एशियाकप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ । आज त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा नेपाल १७६ रनले विजयी बन्यो । ३२४ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा ब्लुमफिल्डले ३८ ओभरमा नौ विकेट गुमाउँदै १३४...बाँकी अंश →


वैदेशिक रोजगारलाई ऐच्छिक बनाइने

काठमाडौँ, ८ भदौ ,,   खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सरकारले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको मध्यपूर्व सम्मेलनको आज युनाइटेड अरब इमिरेटसको दुबईमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हरेक नेपाली युवा गाँस र बाँसका लागि विदेशिन नपरोस्, यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ,...बाँकी अंश →


‘मकालु’ उड्यो बैंकक

काठमाडौँ, ८ भदौ ,, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गरेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानले आजदेखि बैंकक नियमित उडान शुरु गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो । विदेशी विमानचालक (पाइलट) ‘क्याप्टेन’ र नेपाली...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter