०९ चैत २०८२

समाचार

भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा छन् ,, प्रधानमन्त्री ओली

काठमाडौँ, १२ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सहमति र सम्झौता कार्यान्वयनका चरणमा रहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले दुवै मुलुकबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदनअनुसार दुवै मुलुकबीच भएका सन्धिसम्झौता पुनरावलोकन हुने चरणमा रहेको बताउनुभयो । सरकारको पहलमा रसुवागडी–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको र...बाँकी अंश →


करको भ्रम चिर्नुस्– प्रधानमन्त्री

काठमाडौँ, १२ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले ठूलो त्याग र बलिदान गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक प्रणाली स्थापना गरेका हो । नयाँ अभ्यास गर्दा केही कमी कमजोरी हुन सक्छ । त्यसलाई सच्याएर लैजानु पर्दछ...बाँकी अंश →


म्यान्मारका राष्ट्रपति राजधानीमा

काठमाडाँै, १२ भदौ ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन म्यान्माका राष्ट्रपति विन मिन्त विशेष विमानबाट आज अपराह्न राजधानी आइपुग्नुभयो । राष्ट्रपति विनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । म्यान्माका विशिष्ट अतिथिलाई नेपाली सेनाको...बाँकी अंश →


बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ– प्रम ओली

काठमाडौँ, १२ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताउनुभएको छ । काठमाडाँैमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक...बाँकी अंश →


सार्क, ‘दालभात’ र बिमस्टेक

काठमाडौँ, १२ भदौ ,,   दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा जोड दिइएको थियो । ‘दालभात’ गरीबी निवारण गर्ने प्रयासमा सार्क क्षेत्रीय मञ्चको एक प्रतीकात्मक...बाँकी अंश →


प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

काठमाडौँ, १२ भदौ,,  देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज...बाँकी अंश →


एसियन गेम्स ,, नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौँ, १२ भदौ,,    इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ । विगतका एशियाली खेलकूदमा नेपालले तेक्वान्दोबाट...बाँकी अंश →


बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु,, घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित

काठमाडौँ, १२ भदौ ,,   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको १९ औँ बैठक राजधानीमा शुरु भएको छ । सदस्य देशका परराष्ट्र÷बाह्य मामिला÷विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा...बाँकी अंश →


प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, १२ भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चाँैथो शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नु हुनेछ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उहाँका प्रेस...बाँकी अंश →


नेपाली चलचित्रमा नयाँ नयाँ प्रबिधि भित्राउने सम्पादक हुन सहिल खान

काठमाडौ १२ भादौ । नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो शाहिल खान। खान नयाँ नयाँ प्रबिधि भित्राउन र चलचित्रलाई कसरि स्तरिय बनाउन सकिने छ भनेर दिन रात लागि परिरहेका हुन्छन । दैनिक १४ , १५ घण्टा कम्प्युटरमै ब्यस्त खान फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ्ग र तेस्को कटींग हेरी नयाँ...बाँकी अंश →


सम्बन्ध बिच्छेदका मुद्दा दर्ता

तुलसीपुर, १२ भदौ ,,    नयाँ मुलुकी संहिता लागू भएसँगै जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानूनी व्यवस्था थिएन । यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले...बाँकी अंश →


प्रदेश ट्राफिक कार्यालय भरतपुरमा

चितवन, १२ भदौ ,,   प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ । भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter