शनिबार, ०८ बैशाख २०८१

नेपाली चलचित्रमा नयाँ नयाँ प्रबिधि भित्राउने सम्पादक हुन सहिल खान

इमरान खान

१२ भाद्र २०७५, मंगलवार १२:०५ मा प्रकाशित

काठमाडौ १२ भादौ । नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो शाहिल खान। खान नयाँ नयाँ प्रबिधि भित्राउन र चलचित्रलाई कसरि स्तरिय बनाउन सकिने छ भनेर दिन रात लागि परिरहेका हुन्छन । दैनिक १४ , १५ घण्टा कम्प्युटरमै ब्यस्त खान फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ्ग र तेस्को कटींग हेरी नयाँ सोच बनाइ रहेका देखिन्छन । नेपाली चलचित्र लाइ पनि अन्र्तराष्ट्रिय बजार सम्म कसरि पुर्याउन सकिन्छ भनेर लागि परिरहने खान अहिलेका अत्याधिक ब्यस्त सम्पादक हुन । उनि भन्दा अग्रज सम्पादक पनि नया नया कुरा सिक्न खानको अफिसमा पुग्ने गर्दछन । अहिलेका युवा क्रेटीभ खान केही समय आफनै अफिसमा र अन्यत्र पनि प्रसिक्षण दिन पुगिरहेकै हुन्छन । यस्तै नया पुस्ताहरुको आगमनले र नया सोच भएका प्राबिधिकहरुको कार्य कौशलताले नेपाली चलचित्रहरु आज अन्र्तरास्ट्रिय स्तरका बन्न थालेका छन । नेपाली चलचित्र उधोगमा नयाँ नयाँ प्रविधि र नौलो प्रयोगहरु हुन थालेका छन । आधुनिक प्रबिधीको प्रयोग संग संगै नेपाली फिल्म पनि प्राबिधिक रुपमा स्तरिय र सम्पन हुन थालको छ। पछिल्लो समय नेपाली चलचित्रलाई उच्चस्तरको बनाउनमा चलचित्र सम्पादकको ठुलो हात रहेको पाइन्छ । बदलीदो समय अनुसार नेपाली चलचित्र क्षेत्र पनि बदलिदै छ । पछिल्लो केही बर्षमा नेपाली सिने जगतले ठुलै फड्को मारेको छ। एउटा चलचित्र राम्रो हुनुमा सम्पादक को ठुलो हात हुने गर्छ। चलचित्र सम्पादन चलचित्रको एउट एस्तो अंग हो जसले चलचित्रलाई सुन्दर बनाउन ठुलो भूमिका खेल्छ।
चलचित्र निर्माणका बिभिन्न पाटाहरु जस्तै निर्देशक, कथा, गीत,संगीत छायाँकन, भिजुअल इफेक्ट जस्तै आज नेपाली चलचित्रमा चलचित्र सम्पादनको पनि ठुलो भूमिका भएको पाइन्छ । चलचित्र सम्पादन आजको चलचित्र दुनियाँमा एक अति नै महत्वपुर्ण भाग भएको छ ।आज नेपाली चलचित्रमा यस्तै किसिमको काम गर्ने प्रविधिकहरुको ठुलो माग छ । नेपाली चलचित्र जगतमा अहिले को चलचित्र सम्पादकको छन भनेर प्रश्न गर्दा उत्तर भने शाहिल खान हुन । शाहिल खान अहिलेका सबैभन्दा महङ्गा र उत्कृस्ट चलचित्र सम्पादक हुन । यसरि जहिले पनि नयाँ नयाँ तरिका प्रयोग गरेर उनले नेपाली चलचित्र उधोगको चलचित्र सम्पादनको पाटोमा ठुलो योगदान पुराएका छन । उनको काम प्रतिको इमान्दारिता तथा उत्कृष्ट कार्यको कारण उनले विभिन्न राष्ट्रियस्तरका जस्तै बक्स अफिस अवार्ड, एल जी फिल्मस अवार्ड प्राप्त गरेका छन ।
२००६ मा सिनेमा जगतमा पाईला राखेका शाहिलले थुप्रै सिनेमाहरु मा आफ्नो जादु देखाई सकेका छन। सटिक काम र आफ्नो भिन्न प्रबिधी का कारण ले गर्दा उनि निर्माता र निर्देशक को पहिलो रोजाई मा पर्ने गरेका छन। नेपालका टप तथा नीकै ब्यस्त सम्पादक हुन् शाहिल खान। थुप्रै हिट फिल्ममा काम गरि सकेका साहिल का केहि फिल्म को नाम लिनु पर्दा रोमियो ,मेला ,पूनर्जन्म,होलिडे,उल्झन ,पटुकी , आरोपे ,सकुन्तला आबेग ,च्याम्पीयन ,बाटो मुनि को फुल, फसेबूक, बर्दी , पोखरा कि काली, हालसालै उनि
‘ लब डायरिज ’ ‘ भिलेन ’ ‘ होलिडे ’ ‘ छिरिङ्ग’ लगायत धेरै चलचित्र सम्पादनमा ब्यस्त छन।उनको काम, नयाँ प्रयोग तथा नौलो परिकल्पना आदिले आज आएका नयाँ चलचित्र सम्पादनकहरुले अनुशरण गर्दै आएका छन। यसरि उनको ज्ञान, शीप तथा परिश्रमले उनी नेपाली चलचित्र क्षेत्रमा विशेष स्थानमा रहेका छन। त्यस्तो कलालाई नेपाली चलचित्रमा अव्वल ढङ्गमा कार्य गर्ने शाहिल खानले नेपाली चलचित्र जगतको चलचित्र सम्पादन आर्टमा ठुला योगदान पुराएका छन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter